coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओलीलाई मलेसियामा रजत

काठमाडौं– मलेसियामा भएको पाँचौ विश्व गोजुरियो कराते डो च्याम्पियनसिपमा नेपालका कमल ओलीले शनिबार रजत पदक हात पारेका छन्। 

नेपालबाट सहभागिता जनाएका कमलले ६० केजीमुनिको तौलसमूहमा रोमानियाका खेलाडीसँग सामान्य अन्तरले पराजित हुँदा रजत पदक हात लागेको हो।

यसअघि समूहचरणको पहिलो खेलमा कमलले चाइनिज ताइपेईका खेलाडी, दोस्रो चरणमा भारतका खेलाडी र सेमिफाइनलमा फ्रान्सका खेलाडीलाई पराजित गरेका थिए।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत खेलिसकेका कमलले जितेको रजत पदकसँगै नेपालले पदकतालिकामा आफ्नो नाम लेखाएको छ। यो पदक गोजुरियो करातेको इतिहासमा सबैभन्दा ठूलो पदक हो।

 

प्रकाशित: ५ आश्विन २०७६ ०५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App