८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

फेसबुकद्वारा दशौं हजार एप्स निलम्बन

न्युयोर्क – सामाजिक सञ्जाल फेसबुकले दशौं हजार एप्सलाई निलम्बन गरेको छ । सन् २०१८ मार्चमा प्रकाशित क्याम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ ।

निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरण चोरी हुनेगरी भएको क्याम्ब्रिज काण्डपछि फेसबुकले एप्स निलम्बन गरेको हो ।

फेसबुकले सबै एप्स भने जोखिमपूर्ण नभएको स्पष्ट पारेको छ । सन् २०१८ मा क्याम्ब्रिज एनालिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो । फेसबुकले निलम्बनमा परेका एप्स तथा शंकास्पद निर्माताबारे भने जानकारी दिएको छैन ।

निलम्बनमा पर्दैमा ती एप्सले मानिसलाई जोखिममा पारेको निष्कर्ष निकाल्न भने नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्ति उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । फेसबुकबाट लिएको विवरण अरुलाई दिएको वा मानिसको परिचय खुल्ने गरी सार्वजनिक गरेको पाइएपछि केही एप्सलाई भने पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

 

प्रकाशित: ५ आश्विन २०७६ ०५:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App