७ वैशाख २०८१ शुक्रबार
राजनीति

मन्त्री थापाद्वारा पहिलाे महिनाकाे तलब कान्ति बाल अस्पताल प्रदान

काठमाडौं– स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तवल ४६ हजार रूपैयाँ कान्ति अस्पतालमा रहेको अंकोलोजी कोषलाई दिएका छन्। मन्त्री भएपछि अस्पतालहरुको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकको उपचारका लागि कोषलाई सहयोग गर्ने त्यति बेला नै घोषणा गरेका थिए। 

सोही अनुरुप उनले सोमबार रकम हस्तान्तरण गरेकाे मन्त्री थापाको निजी सचिवालयले जनाएको छ। 

उनले अस्पतालमा उपचार गर्न आउने सवैलाई आर्थिक विपन्नहरुलाई सहयोगका लागि कोषमा आफुले सक्दो सहयोग रकम जम्मा गर्न आह्वान गरेका छन्।  

अस्पतालमा क्यान्सर पीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको अंकोलोजी कोषलाई आर्थिक अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चीत हुनु पर्ने छैन भन्ने भावनाका साथ शसक्त बनाउन निर्देशन दिएका थिए।  

मन्त्री थापाको निर्देशनअनुसार नै अहिलेसम्म कुनै पनि बालबालिका आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुनु नपरेको अस्पतालका निर्देशक डा. अजित रायमाझीले बताए। 

उनले २०७२ साल भरीमा पुराना ५८४ जना र नयाँ ४५ जनाको उपचार गरिएको जानकारी दिए। अंकोलोजी वार्डमा २६ शैया रहेको उनले बताए। 

सन् १९९७ मा बेलायती नागरिकहरुले सुरु गरिदिएको कोषमा अहिले चार करोड रुपैयाँ रहेको डा. रायमाझीले जानकारी दिए।

मन्त्री थापाको सहयोग र समर्थले आफूहरुलाई हौसला बढेको बताउँदै उनले कोषमा रकम बढाउन अरुलाई पनि प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। 

 मन्त्री थापाले कान्ती अस्पतालको मात्र नभई अन्य अस्पतालमा स्थापना भएका कोषहरुलाई पनि प्रभावकारी र मजबुद गराउन आग्रह गरेका छन्।

प्रकाशित: ७ मंसिर २०७३ १०:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App