४ वैशाख २०८१ मंगलबार
राजनीति

दसैँ–तिहार जनताकै बीचमा मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – संसद् अधिवेशन सकिएलगत्तै प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दसैं–तिहार जनताकै बीचमा बसेर मनाउन सांसदलाई निर्देशन दिएका छन्।

शनिबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्तापक्षका सांसदको भूमिका महत्वपूर्ण रहेकाले जनताको गुनासा सुन्नका लागि पनि अहिलेको दसैं–तिहार जनताकै बीचमा बसेर मनाउन निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीले यसपटक जनताका गुनासा सुन्न र सरकारले गरेका काम कारबाहीबारे जनतालाई बताउन पनि सांसदले जनताकै बीचमा बसेर दसैं–तिहार मनाउन निर्देशन दिनुभएको छ,’ सांसद झपट रावलले भने।

सरकारका कामबारे जनतालाई जानकारी गराउन पार्टीका सांसदलाई निर्देशन दिएका हुन्। दसैं–तिहारमा जिल्ला जाँदा जनतालाई सरकारको कामबारे बताउन पार्टी सांसदलाई निर्देशन दिएको पनि सांसद रावलले भने। प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीलाई पनि जनताबीच लगेर प्रतिपक्षले छरेका भ्रमलाई निवारण गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री ओलीले प्रतिपक्षले कतिपय सन्दर्भले सरकारको बारेमा भ्रम छरेकाले त्यसलाई तोड्न सांसदको जिम्मेवारपूर्ण उपस्थिति आवश्यक रहेको बताएका थिए।

सो बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले भने पार्टीको आन्तरिक एकता लगभग टुगिंएकाले सरकारलाई सहयोग गर्न पार्टीका नेता कार्यकर्ता लाग्नुपर्ने धारण राखेका थिए। उनले छिट्टै केन्द्रीय कमिटीको बैठक बोलाउने तयारीमा रहेको समेत जानकारी गराएका थिए।

प्रकाशित: ५ आश्विन २०७६ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App