७ वैशाख २०८१ शुक्रबार
समाज

नागरिककर्मी आक्रमणको चौतर्फी भर्त्सना

लहान- नागरिककर्मी मिथिलेश यादवमाथि भएको आक्रमणको सञ्चार सम्बद्ध संगठनले भर्त्सना गरेको छ। सोमबार दिउँसो लहानस्थित लिलामदन पोलिक्लिनिक एण्ड प्रसुती गृह प्रालिमा विरामीपक्षसंग चर्को मूल्य असुल गरेको भन्दै विरामी पक्षले बोलाएपछि रिपोर्टिङमा गएका लहानस्थित नागरिकन्युजकर्मी यादवमाथि अस्पताल पक्षबाट अक्रामण भएको थियो।

यादवमाथि भएको आक्रमणको भर्त्सना गर्दै दोषिलाई कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघ सिरहा शाखाले विज्ञप्तीमार्फत माग गरेको छ। महासंघका अध्यक्ष देवकुमार यादवद्वारा जारी विज्ञप्तीमा समाचार संकलनमा गएका नागरिककर्मी यादवको मोबाइल फोन फुटाएर लिलामदन पोलिक्लिनिक पक्षबाट भएको आक्रमण निन्दनीय र दण्डनीय छ।

प्रेस चौतारी नेपाल सिरहा शाखाका अध्यक्ष रामभरोसी महतोद्वारा जारी विज्ञप्तीमा समाचार संकलनमा खटिएका नागरिककर्मी यादवमाथि आक्रमण गर्दै सञ्चार साधान तोडफोड गर्नु अपराधिक कार्य भएको हाम्रो ठहर छ। विज्ञप्तीमा भनिएको छ, ‘घटनाका दोषीलाई कारबाही गरी पीडित यादवलाई न्याय दिलाउन सम्बन्धित पक्षसँग माग गर्दछु।’

नेपाल प्रेस युनियन सिरहा शाखाका कार्यबाहक सभापति शम्भु यादवले जारी गरेको विज्ञप्तीमा समाचार संकलन गर्न गएका नागरिककर्मीमाथि आक्रमण गरी सञ्चार उपकरण फुटाउनेमाथि कडा कारबाहीको माग गरेको छ। घटनामा संलग्न अझै प्रहरीको नियन्त्रण बाहिर छ। इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले घटना अनुसन्धान पूरा भैनसकेकाले कसैलाई पनि नियन्त्रणमा नलिइएको बताए।

विरामी पक्षको गुनसो बुझेर अस्पताल संस्थापकसँग जानकारी लिइरहँदा अस्पतालका कर्मचारी धनन्जय यादव आएर नागरिकर्मीको मोबाइल भुँइमा बजारेर फुटाइदिएका थिए।  

प्रकाशित: ७ मंसिर २०७३ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App