coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कटुवा पेस्तोलसहित दुई जना पक्राउ

सर्लाही - सर्लाही प्रहरीले नलकटुवा पेस्तोल सहित शनिबार दुईजनालाई नियन्त्रणमा लिएको छ। लालबन्दी नगरपालिका–५, मेजरगञ्ज निवासी ३० वर्षीय राजेश महतो र ४० वर्षीय सोनालाल ठाकुरलाई एकथान नलकटुवा पेस्तोल बोकेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुईवटा फरक–फरक मोटरसाइकल चलाएर जब्दीबाट लालबन्दीतर्फ हिड्दै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुले पेस्तोल बोकेको फेला परेको हो।  चेकजाँच गर्ने क्रममा राजेश महतो आफूले चलाइरहेको बीआर ०६ एजे ०८०६ नम्वरको मोटरसाइकल छाडेर भाग्ने क्रममा धानखेतमा रेनकोट (वर्षादी) समेत फालेर फरार भएका थिए। तत्काले उक्त रेनकोट खोलेर हेर्दा एकथान नलकटुवा पेस्तोल फेला परेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

ठाकुरलाई भने उनी सवार ना. ६ प २३९२ नम्वरको मोटरसाइकलसहित घटनास्थलबाट प्रहरीले पक्राउ गरेको थियो। फरार महतोलाई भने शनिबार बिहान ८ बजेतिर लालबन्दी बजार क्षेत्रमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। अभियुक्त दुवैजनालाई हातहतियार तथा खरखजाना मुद्धा अन्तर्गत कारबाही प्रकृया अगाडी बढाउने गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए।

सर्लाही प्रहरीले चार दिन अघि मात्रै ईश्वरपुर नगरपालिका–११, बेला गाउँबाट एक थान पेस्तोल, दुई राउण्ड गोली र दुई राउण्ड गोलीको खोकासहित दुई जनालाई पक्राउ गरेको थियो। नजिकिदो चाडबाडसँगै हतियार देखाएर लुटपाट गर्ने लगायत अपराधिक घटना गराउने मनसायका साथ अपराधिक मनोवृत्तिका व्यक्तिहरुको सकृयता बढ्न थालेको प्रहरीले अनुमान गरेको छ। २४ सै घण्टा गस्तीमा तिव्रता दिईएकाले त्यस्ता अभियुक्तहरु धमाधम नियन्त्रणमा आउन थालेको प्रहरीको दाबी छ।

प्रकाशित: ४ आश्विन २०७६ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App