१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘ग्रहण हटाउन हदैसम्म लचक भयौ’

तत्कालीन निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द

वि.सं. २०७२ साल पुस १ मा निर्वाचित नेपाल क्रिकेट संघ(क्यान)लाई विघटन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तदर्थ कमिटी गठन ग-यो। पुस १८ को उक्त तदर्थ कमिटीको संयोजकका रूपमा थिए, राखेपका वर्तमान सदस्यसचिव रमेश सिलवाल। त्यससँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी)ले सरकारी हस्तक्षेप भएको भन्दै ०७३ वैशाख १३ मा क्यानलाई प्रतिबन्ध गरेको थियो।

त्यसअघि पनि क्यान विघटन हुने खालका बिवाद भने सिर्जना नभएका होइनन्। तीव्र राजनीति खिचातानीका साथै भ्रष्टचारको आरोप लागेपछि नेपाली क्रिकेटभित्र बिवादको सिर्जना भएको थियो। त्यसकै परिणाम स्वरूप वि.सं. २०६८ पुसमा चितवनको साधारणसभाबाट चयन भएका टंक आङबुहाङको नेतृत्वको क्यान कमिटीलाई तत्कालीन युवा तथा खेलकुद मन्त्रालयले ०७१ कार्तिक २० गते विघटन गरेको थियो।

पहिलोे पटक निर्वाचनबाट चयन भएको नेतृत्व फ्याकिँदा नेपाली खेलकुदको कार्यकारी निकाय राखेपलाई नै जानकारी नदिई बिघटन भएपछि राखेपकै तत्कालीन सदस्यसचिव युवराज लामाले नै सरकारी हस्तक्षेप भयो भनेका थिए। मन्त्रीपरिषदमार्पmत विघटन गर्नुअघि खेलकुदको समन्वयनकारी निकायसँगै कुनै सल्लाह नगर्दा अभिभावकीय संस्था नै बिवादमा उत्रिए।

क्यानभित्रको बिवाद र पुनर्गठन नेपाली खेलकुदका लागि दशकभन्दा अगाडिदेखि नै चल्दै आएको थियो। त्यसअघि २०५८ साल वैशाखमा र ०६० साल जेठमा पनि क्यानको पुर्नगठनको शृंखला भएका थिए। सोही किसिमको विघटन र पुनर्गठनको शृंखला ०७२ साल पुस १ मा निर्वाचित क्यानले पनि भोग्यो।

तत्कालीन राखेपका सदस्यसचिव केशवकुमार बिष्टले निर्वाचित क्यान मान्यता नदिई तत्कालीन एमालेका निकट र वर्तमान सदस्यसचिव सिलवालको नेतृत्वमा १५ सदस्यीय तदर्थ समिति गठन गरे। त्यससँगै निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वले अन्याय भएको भन्दै पुष २८ गते सर्वाेच्चमा मुद्दा दायर ग-यो।

त्यसको चार महिनापछि नै आइसिसीले नेपाली क्रिकेटभित्र सरकारी हस्तक्षेप भएको निर्णयसहित क्यानमाथि प्रतिबन्ध लगाएको थियो। त्यसबीच आइसिसीकै सक्रियतामा बिवाद समाधानका पहलहरू भए। बिवाद समाधानका लागि आइसिसीले नै बनाएको स्वतन्त्र समितिले आगामी असोज १० र ११ गते क्यान निर्वाचन गर्ने वातावरण सिर्जना ग-यो।

निर्वाचन अगावै क्यानको विधान हुबहु पारित भएसँगै क्यानमाथि प्रतिबन्ध फुकुवा नभए पनि आगामी निर्वाचनपश्चात नेपाली क्रिकेटले मुहार फेर्ने अनुमान खेलाडी, प्रशिक्षक र आम क्रिकेटप्रेमीले गरेका छन्। यसै निर्वाचन अगाडि नेपाली क्रिकेटले भोगेको प्रतिबन्धको अवस्था र आगामी निर्वाचनका विषयलाई लिएर नागरिककर्मी सञ्जय थापा र अनिल मल्ल ठकुरीले तत्कालीन निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँग गरेको कुराकानीको अंश तल प्रस्तुत छ।

पछिल्लो समयको परिस्थितीबाट बिवाद समाधान र निर्वाचनसम्मको अवस्था आयो, कसरी बन्यो ?
निर्वाचित भइसकेपछि पनि हामीलाई सरकारले काम गर्न नदिनेसम्मको अवस्था सिर्जना भयो। सरकारले निर्वाचित कमिटी हुँदाहुँदै तदर्थ समिती गठन गरेर हामीलाई काम गर्न नदिएपछि मुद्दा हालेका थियौं। तर पनि क्रिकेटमा समाधान नहुने भयो। त्यसैले सम्मानित सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दा फिर्ता लिन तयार भयौं।

नेपाली क्रिकेटको अन्योलता र ग्रहण छिटोभन्दा छिटो हटाउनु पर्छ भनेर समाधानका लागि हामी हदैसम्म लचक भयौं। क्रिकेटलाई निकास दिनुपर्छ भनेर विधानमा निर्वाचित कमिटीले भोट हाल्न नपाउने, निर्वाचन घोषणा गर्न नपाउने, सदस्यता बाँड्न नपाउने भन्ने सबै कुरामा हामी सहमत भयौं।

यी सबै क्रिकेटको स्थायीत्वका लागि हो। त्यसैले हरेक सर्त मानेर अगाडि बढ्यौं। हामीले आफ्नो व्यक्तिगत भलाइका लागि भन्दा निकासका हेतुले गरेका हौं। नयाँ विधान बनाएर मध्यावधी चुनावको स्थितिसम्म आइपुग्यो। अब सबै पक्ष स्वतन्त्र र निस्पक्ष हुनुपर्छ।

यस बीचमा आइसिसीको भूमिकालाई कसरी लिनु भएको छ ?
आइसिसीले पटक पटक तपाईहरू मिल्नुस भनेकै थियो। तर, नेपाली क्रिकेटलाई मिल्न नदिने तत्वहरू हाबी भए, बिवाद गराई राख्ने अवस्था सिर्जना गरे। जसरी पनि हाली मुहाली गर्दै आइसिसीको पैसाको चरम दुरूपयोग गर्ने प्रयासमा लागे। यसैलाई रोक्न र क्रिकेट विकासका लागि जे गर्न पनि तयार भएका छौं।

निर्वाचित क्यानले आइसिसीको स्वतन्त्र कमिटीसँग समयमै समन्वयन गरेको भए, निवाचनमा ढिलाई हुँदैनथ्यो भन्ने आरोप पनि लाग्ने गरेको छ नी ?
स्वतन्त्र कमिटीसँग हाम्रो गुनासो छ। नेपाली क्रिकेटलाई किन बन्धक बनाएको ? हुबहु विधान पारित गरेको दुई÷तीन महिनामै आइसिसीको बैठकबाट क्यान निलम्बन फुकुवा हुन्छ भनेको होइन। तर, दुई वर्ष हुन लाग्यो। भनेपछि, आइसिसीले यो संक्रमण लम्बाउन खोजेको हो ? वा केही व्यक्तिले यही स्थिति लम्बाउन विभिन्न वाहानमा नेपाली क्रिकेटलाई बन्धक बनाउन खोजेको जस्तो लाग्छ।

हामीले टाइमलाइनअनुसार गरेका छौं। तर स्वतन्त्र कमिटी बनाउन आठ महिना लाग्छ। सदस्यसचिव र मन्त्रीकै बिवादका कारण स्वतन्त्र कमिटी गठन नभएको होइन ? जे भए पनि अन्तत् निर्वाचन हुने भयो। यसैमा हामी खुशी छौ।

यसअघि एक पटक क्यान निर्वाचनको मिति सरिसकेको छ। अब पनि त्यस्तो नहोला भन्न सकिन्न र ?
असोज ३ का लागि बोलाइएको क्यान साधरणभा एक साता पछि सार्नु भनेको नौटङ्की हो। के अर्थ भयो। यो समय सार्न नेपालको करिब ५ लाख रुपैयाँ खर्च भएको छ। आइसिसीका दुई प्रतिनिधिको आवतजावत हवाई खर्च होटलमा बसोबासको व्यवस्था गर्नु प-यो। यो सबै क्यानले पाउने रकमबाटै काटिने होइन र ? एउटा मान्छेको सनक र अहमताले नेपाली क्रिकेटले घाटा बेहोर्नुप-यो।

तपाई चाँही नेतृत्वमा आउनुभयो भने आर्र्थिक पारदर्शिता हुन्छ त ?
हामी आयौं भने एक एकको हिसाब हुन्छ। र, प्रतिबन्धित अवस्थाको पनि हिसाब खोज्नेछांै। त्यसैले मलाई रोक्न खोजेका होलान्। हामी विगत चार वर्षमा आइसिसीले दिएको रकम कहाँ र कसरी खर्च भएको छ भन्ने अध्ययन गर्छांै। चरम दुरूपयोग भएको छ र गर्ने मान्छेहरू पनि छन्।

आइसिसीले आफ्नो नाममा पेश्की लिदैन। नेपाली मान्छेमार्फत नै खर्च भैरहेको छ। न मन्त्रालय, न परिषद् कसैलाई पनि थाहा छैन। हामी निलम्बनमा छौ, हामीलाई थाहा हुने कुरै भएन। यो पैसा भनेको नितान्त नेपाली क्रिकेटको विकासका लागि खर्च गर्नुपर्र्ने हो। त्यसमा म सचेत छु। केही बिचौलियाहरु मलाई रोक्न लागिपरेका छन्।

अहिले हामी निर्वाचनको संघारमा छौ, चार वर्ष अघि निर्वाचनमा सरकारले हस्तक्षेप गर्दा नेपाली क्रिकेटले निलम्बन भोग्नप-यो। फेरि, पनि यही अवस्था नआउला भन्न सकिएला ?
आइसिसीको यो अन्तिम बटमलाइन हो। त्यसकारण हामी आइसिसीले भनेको कुरा टार्दैनाैं र अन्यले गरे भने पनि दन्डित हुन्छन्। किनकी, आइसिसीकै निर्भरमा मात्र क्रिकेट चल्दैन र विकासका लागि संस्था नै चाहिन्छ।

पछिल्ला पटक देशभित्र स्तरीय प्रतियोगिताहरू धेरै भए पनि मनोरञ्जनमा मात्र सीमित हुन्छ। त्यसलाई दीर्घकालीन विकास ल्याउँदैन। त्यसकारण यसपटक आइसिसीलाई बाइपास गरेर जाने अवस्था छैन।

तर यसको अर्थ आइसिसीले भनेका सबै गलत कुराहरु हामीले मान्न तयार हुनुपर्छ भन्ने चाँही होइन। हामीले आइसिसीलाई कन्भिन्स गर्न सक्नुपर्छ। नेपालको परिस्थितिले यो भन्छ, यो कुरालाई यसरी सच्चाएर जाउँ भन्नुपर्छ। हामी सधैं आइसिसीसँग सहकार्य गर्न तयार छौं। आइसिसी पनि एउटा कुरामा स्पष्ट छ, यदि सरकारले स्वतन्त्र र निस्पक्ष निर्वाचन गर्न दियो भने अक्टोबर १३ को आइसिसी बैठकबाट निलम्बन फुकुवा गर्ने योजनामा छ।

सरकारी हस्तक्षेप भयो भने क्यान सदस्यता नै खारेज गर्ने आइसिसीले भन्दै आएको छ।  त्यसो भए, त्यो दिन नेपाली क्रिकेटका लागि सबैभन्दा कालो दिन हुन्छ। अब आइसिसीको पुनः सदस्यता लिने जुन प्रावधान छ, त्यो नेपाली क्रिकेटले पूरा गर्न कठिन छ। त्यसैले यो निर्वाचन निस्पक्ष हुन आवश्यक छ।

सबै सरोकारवाला निकायहरू पनि यसमा स्पष्ट हुन आवश्यक छ। हामीले पनि खुन पसिना बगाएका छौं, फेरि पनि नेपाली क्रिकेटलाई बन्धक बनाउने प्रयास भए हामी चुप बस्दैनौं। अन्तिम लडाई लड्नेछौं।

तपाई फेरि अध्यक्षका लागि लड्दै हुनुहुन्छ ?
चार वर्ष अघि म ८५ प्रतिशत भन्दा बढी मत ल्याएर क्यान अध्यक्षमा निर्वाचित भएको थिएँ। तर, सरकारले काम गर्न दिएन। त्यसपछि बिवादसँगै निलम्बन भयो। तर पनि हामीले सबै कुरा त्याग्यौं र नेपाली क्रिकेटलाई पूर्नर्जीवित गर्न सहयोग गरिराख्यो। क्यानमा मैले काम नै गर्न पाएको छैन। त्योभन्दा अघि नै मेरोविरुद्ध गलत सन्देश प्रवाह गरिँदै छ। मैले ३९ जिल्लाको भ्रमणपछि मात्र उम्मेद्वारी दिन लागेको हुँ। त्यसैले उत्साही छु।

क्यान निलम्बन फुकुवा भएपछि नेपाली क्रिकेट संरचना कसरी अघि बढोस् भन्ने चाहानु हुन्छ ?
पहिले मूलधारमा ल्याउने प्रयास हुनेछ। आइसिसी नेपाल छिरिसकेको छ। हरेक कदममा उनीहरूको निगरानी रहन्छ। आइसिसीलाई नेपालभित्र भएका सबै काम कारवाहीको जानकारी छ। हामीले पनि सबै कामको विस्तृत विवरण बुझाउनुपर्छ।

अहिले ग्रासरुट कार्यक्रममा ध्वस्त छ। हामी त्यसलाई पुनः ब्युताउँछाैं। नेपाली राष्ट्रिय क्रिकेट टोलीमा खेलाडी आउने वातावरण सिर्जना गर्न क्लब, जिल्ला तथा प्रदेशस्तरीय क्रिकेटलाई प्राथमिकतमा राख्नेछौं। क्यान निलम्बन अघिको राष्ट्रिय स्तरका प्रतियोगिता र अहिले राखेपको अगुवाईमा सम्पन्न प्रतियोगिताको स्तरमा आकाशजमिन फरक छ।

हामी पनः राष्ट्रिय स्तरका क्रिकेटलाई स्तरीय बनाउने प्रयास गर्नेछौं। राष्ट्रिय टोलीलाई पनि ए, बी र ‘सी’ को रूपमा बनाउनुपर्छ। जसका कारण सिनियर टोलीलाई राम्रो ब्याकअप हुनेछ। त्यसका लागि अनुदान रकमको सदुपयोग हुनुपर्छ। क्रिकेटका लागि आएको रकम बैंकमा राखेर त्यसको ब्याचले नेपाली क्रिकेट अघि बढ्दैन।

हाल सञ्चालित ट्वान्टी–२० फ्रेन्चाइज लिगको व्यस्थापन र  एकदिवसीय मान्यताको सदुपयोग कसरी गर्ने योजना छ ?
हामी कसैप्रति पूर्वाग्रह राख्नेछैनौं। स्तर हेरेर मान्यता दिन्छौं। क्यान आपैmंले पनि नेपाल क्रिकेट लिग गर्ने योजना छ। साथै जिल्ला र प्रदेशमा धेरै भन्दा धेरै एकदिवसीयका साथै दुईदिवसीय क्रिकेट पनि सँगै अघि बढाउनेछौं।

क्यानलाई चलाएमान बन्न कस्तो योजना छ?
हामी नेतृत्वमा आयौं भने निलम्बन फुकुवा भएलगत्तै खुला प्रतिस्पर्धाबाट सिइओ र फाइनान्स म्यानेजर नियुक्त गर्नेछौं। अध्यक्ष र महासचिवमा मात्र सबै अधिकार निहित हुनुहुँदैन। १७ सदस्यीय केन्द्रीय समितिले मात्र संस्था चलाएमान हुने होइन। उत्कृष्ट बन्नका लागि गतिलो संरचना हुनुपर्छ र म त्यसमा जोड दिन्छु। साथै नेपाली क्रिकेटको हितका लागि सरोकारवाला संस्था र व्यक्तिसँग निरन्तर संवादमा रहँन्छु।

अन्तमा प्रशिक्षक, खेलाडी र क्रिकेटप्रेमीलाई के भन्न चाहानुहुन्छ ?
फेरि दोहो-याउँछु, यसअघि एक पटक नेतृत्च्वमा आए पनि काम गर्ने अवसर पाइनँ। तलब खान या पैसा कमाउनका लागि क्रिकेट नेतृत्वमा आउन चाहेको होइन। त्यसैले म प्रतिबद्ध भएर नेपाली क्रिकेट विकासमा लाग्छु। राम्रो काम गरेर नाम कमाउनेछु। तर, राम्रो काम गर्न सकिनँ भने दण्ड भोग्न तयार छु।

प्रकाशित: ४ आश्विन २०७६ १०:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App