बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

शनिबार, ०४ असोज २०७६, १५ : ४४ नागरिक

काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ।

त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन अनुरोध गरिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए। ‘कलेजले विद्यार्थी भर्ना गर्दा बढी शुल्क लिएको भनि विद्यार्थीले कलेजको पठनपाठन र अस्पतालको सेवासमेत ठप्प परेकाप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिन नपाइने कुरा मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको अवस्थामा विद्यार्थीले राखेका मागका बारेमा कलेज सञ्चालक र सम्बन्धित पक्षले विद्यार्थीसँग वार्ता तथा संवाद गरी शुल्क बढी लिएको भए सो शुल्क फिर्ता गर्न विज्ञप्तिमा भनिएको छ।

त्रिविले आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेजमा अध्ययरत विद्यार्थीलाई कलेजले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन आग्रह गरेको छ। त्रिविले विद्यार्थीको पठनपाठन र जनताको स्वास्थ्योपचार प्राप्त गर्ने अस्पताल जस्तो अति संवेदनशील स्थानमा बाधा अवरोध सिर्जना गर्ने गराउन कार्य नगर्नसमेत सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad