७ वैशाख २०८१ शुक्रबार
समाज

गोरु काटेको अभियोगमा शेर्पाद्वय पक्राउ

जिरी (दोलखा)- गोरु काटेको अभियोगमा प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा जिरी नगरपालिका-५ नाबुक टोलका ३८ वर्षीय फुर्वा शेर्पा र ६० वर्षीय पल्दे शेर्पा छन् । 

स्थानीयवासीले दिएको सूचनाका आधारमा राति ८ बजे उनीहरुलाई गोठमा मासु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायब निरीक्षक मोहनप्रसाद आचार्यले जानकारी दिए । 

प्रहरीले घटनास्थलबाट ४० किलो गोरुको आलो मासु बरामद गरेको छ । बरामद गरिएको मासु स्थानीयवासीको रोहबरमा आज नष्ट गरिएको छ ।  अभियुक्तले गोरु जिउँदो नभई बिरामी भएर आफैँ मरेको र मासु खानका लागि काटिएको बताएका छन् । रासस 

प्रकाशित: ७ मंसिर २०७३ ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App