coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ– सवारी दुर्घटना गराउने चालकलाई कारवाही तथा मृतकलाई क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले पृथ्वी राजमार्गको आँबुखैरेनी सडक खण्ड अवरुद्ध गरेका छन्। 

शनिवार विहान आँबुखैरेनीस्थित पेट्रोल पम्प नजिकै डुम्रेबाट आँबुखैरेनीतर्फ  जाँदै गरेको लु १ ख ८००२ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बा ९९ प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटनामा गोरखा शहिदलखन गाउँपालिका २ घर भई हाल आँबुखैरनी बजारमा बस्दै आएका २८ वर्षीय यम बहादुर थापाको मृत्यु भएको थियो। 

बसका चालक फरार भएपछि मृतकको परिवारलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै पीडित पक्षले राजमार्ग अवरुद्ध गरेका हुन्। पृथ्वी राजमार्ग भण्डै दुई घण्टासम्म अबरुद्ध भएपछि राजमार्ग भएर यात्रा गर्ने यात्रुहरु समस्यामा परेका छन्। 

बसका चालक फरार भएपछि मृतकका आफन्तहरुले राजमार्ग अबरुद्ध गरेका हुन्। इलाका प्रहरी कार्यालय आँबुखैरनीका प्रहरी निरीक्षक महेशराज पाठकले राजमार्ग खुलाउने प्रयास भइरहेको बताए। 

प्रकाशित: ४ आश्विन २०७६ ०९:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App