coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

डेंगी सार्ने लामखुट्टे नष्ट गर्ने तरिका

गत असारदेखि फैलिएको डेंगीको प्रकोपले जनमानसमा अहिले पनि त्रास छ। साउनदेखि अहिलेसम्म ७ हजार ३ सय ७० जनामा डेंगी संक्रमण भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ।

यो रोगबाट बच्न लामखुट्टे नियन्त्रण गर्न चिकित्सकहरू सुझाउँछन्। इडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीट नियन्त्रण शाखाका नियन्त्रक उत्तम प्याकुरेलका अनुसार डेंगी पैmलाउने लामखुट्टेको टोकाइबाट जोगिने र यसको अन्डा तथा लार्भा नष्ट गरेमा मात्र डेंगीबाट बच्न सकिन्छ।

एडिस एजिप्टाई र एजिप्ट एल्वोपिक्टस नामक दुई लामखुट्टेले यो रोग सार्ने उनी बताउँछन्। दिनमा मात्र टोक्ने यी लामखुट्टेले एक पटकमा १० देखि १५ जनासम्मलाई टोक्छन्। यी लामखुट्टे सफा तथा जमेको भाँडामा अन्डा पार्छन्।

प्रायः खुला गरी राखिएका ड्रम, पुराना टायर, गमला, छतमा जम्मा भएको पानी, फ्रिजको पछिल्लो भाग, कुलरबाट जम्मा भएको पानीलगायत भाँडामा यी लामखुट्टेले अन्डा पार्छन्। यी ठाउँ सफा राखेमा डेंगी सार्ने लामखुट्टेका अन्डा र लार्भा मर्छन्। यी मरेमा स्वतः लामखुट्टेको जनसंख्या घट्छ। यी लामखुट्टेका अण्डा तथा लार्भा नष्ट गर्ने तरिकाहरू ः


–प्रत्येक साता गमला, ड्रमलगायत पानी राख्ने वा पानी जमेका भाँडा राम्रोसित माझ्ने
–सफा गरेको भाँडाको पानी सुक्खा माटो तथा बालुवामा लगेर खन्याउने
–यस्ता भाँडामा पानी जम्मा  गर्नुपरे बिर्को लगाउने
–घरभित्र पुगेका लामखुट्टे भगाउन सातामा एक पटक फगिङ गर्ने
–फगिङ गरेपछि त्यस ठाउँमा एकदेखि दुई घण्टासम्म नबस्ने, यस्तो धुवाँले स्वास्थ्यमा असर गर्छ
–सकेसम्म घरबाहिर फगिङ नगर्ने
–शरीर छोप्ने गरी लुगा लगाउने
–दिनमा टोक्ने लामखुट्टेको टोकाइबाट बच्ने।

डेंगी संक्रमणको हेरचाह कसरी गर्ने ?

– डेंगी संक्रमितलाई झुलभित्र राखी उपचार गर्ने
–घरमा पनि झुलभित्र राख्ने
– झोलिलो कुरा प्रशस्त मात्रमा खानदिने
–नरम खाना खाने
– शरीर ढाक्ने गरी कमडा लगाउने
– ज्वरो आएको छ भने प्यारासिटामोल खाने
– ज्वरो अनियन्त्रित भए अस्पताल लैजाने
– शरीरमा रगतको जाँचमा उतारचढाव भएनभएको स्थिति हेर्ने।

 

 

 

 

 

प्रकाशित: ४ आश्विन २०७६ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App