८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीलाई ‘साइरन’ साइकल

सर्लाही - पूर्वसांसद् नरेन्द्र साहले गृह जिल्लाका प्रहरीलाई ‘साइरन’ जडित ६० थान साइकल प्रदान गरेका छन्। इलाका प्रहरी कार्यालय हीरापुरमा बिहीबार आयोजित कार्यक्रममा पूर्वसांसद् साहले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलाई ती साइकल प्रदान गरेका हुन्।

साहले जिल्ला प्रहरी कार्यालयका लागि १८ र अन्य साइकल निर्वाचन क्षेत्र ३ भित्र पर्ने इलाका प्रहरी कार्यालय, प्रहरी चौकी र अस्थायी प्रहरी चौकी गरी १४ वटा प्रहरी एकाइका लागि प्रदान गरेका हुन्।

शान्ति सुरक्षा एवं सुशासन कायम गर्न क्रियाशील हुन प्रहरीलाई सजिलो होस् भनेर आफूले साइकल प्रदान गरेको साहले जानकारी दिए। ‘शान्तिसुरक्षा एवं सुशासन कायम गर्दै सुरक्षा निकायका तर्फबाट संविधान कार्यान्वयनमा समेत सहज होस् भन्ने हेतुले मैले संविधान दिवसकै अवसर पारेर साइकल प्रदान गरेको हँु’, पूर्वसांसद् साहले भने, ‘रिचार्जेबल ब्याट्रीमार्फत चल्ने साइरन जडित साइकलले प्रहरीलाई ग्रामीण भेकमा गस्ती गर्न निकै सजिलो हुने मैले विश्वास लिएको छु।’

आफू व्यवसायी समेत भएकाले सामाजिक उत्तरदायित्व बोध गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको उल्लेख गर्दै उनले प्रहरीले पनि प्रहरीलाई स्रोतसाधन सहयोग आगामी दिनमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जनाए। प्रहरी उपरीक्षक भट्टराईले सीमित स्रोतसाधनमा काम गर्न बाध्य नेपाल प्रहरीलाई यस्ताखाले साधनले गुणस्तरीय सेवा प्रदान गर्न निकै टेवा पुग्ने बताए। ग्रामीण एवं सहरी दुवै भेकमा साइकल गस्ती निकै प्रभावकारी हुने उनले बताए। होटल एवं पर्यटन व्यवसायी समेत रहेका पूर्वसांसद् साह बरहथवा नगरपालिकाअन्तर्गत हीरापुरका निवासी हुन्।

प्रकाशित: ४ आश्विन २०७६ ०२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App