coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कार्यालय विस्तार गर्दै प्रहरी परिसर ललितपुर

ललितपुर—महानगरीय प्रहरी परिसर, ललितपुर आफू मातहतका प्रहरी कार्यालय विस्तार र भौतिक पूर्वाधार सुधारमा लागेको छ ।
नागरिकलाई प्रहरीसम्म सहज पहुँच पुर्‍याउनका लागि कार्यालयको सुधार गर्न लागिएको परिसरले बताएको छ। यही वर्ष मात्रै कालेश्वर र लाँकुरीभञ्ज्याङ गरेर दुई ठाउँमा नयाँ कार्यालयको स्थापना भइसकेको छ।

आगामी वर्ष छ नयाँ ठाउँमा प्रहरी कार्यालयको स्थापना गर्ने योजना परिसरको छ। तीन ठाउँमा नयाँ प्रभाग र तीन ठाउँमा इलाका प्रहरी कार्यालयको स्थापना हुन लागेको हो।

फर्सिडोल, नखिपोट र छम्पीको चुनिखेल गरेर तीन स्थानमा नयाँ प्रभागको तयारी भएको छ। सिद्धिपुर, टीकाथली र लामाटारमा इलाका प्रहरी कार्यालयको तयारी भइरहेको परिसरले जनाएको छ।

डुकुछापको फर्सिडोलमा कार्यालय चाँडै स्थापना हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीले बताए। 'झन्डै सबैखालका तयारी भइसकेकाले कार्यालय चाँडै खुल्दैछ', स्थानीयवासीसँगको सहकार्यमा बढी आवश्यक भएका ठाउँमा कार्यालय खुलाइएको उनले बताए।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले नागरिकको माग र आवश्यकताका आधारमा प्रहरीका नयाँ कार्यालयको स्थापना भइरहेको बताए। 'माग भएका ठाउँमा साँच्चै आवश्यक भएमा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सिफारिस गर्छ। जिल्लाको मागलाई गृह मन्त्रालयले हेरेर मात्रै स्वीकृति र जनशक्ति पठाउने गर्छ', उनले भने।

प्रकाशित: ७ मंसिर २०७३ ०५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App