बैवाहिक अंगीकृत नागरिकताबारे बाबुरामः विदेशी ज्वाईँसँग किन डराएकाे ?

शुक्रबार, ०३ असोज २०७६, १८ : ४२ नागरिक

काठमाडौं– पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नागरिकतामा छोरा र छोरीबीच विभेद गर्न नपाईने बताएका छन्। समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले बैवाहिक अंगीकृत नागरिकता बुहारीलाई तत्काल दिने तर ज्वाईँलाई नदिने नागरिकतासम्बन्धि प्रावधान विभेदपूर्ण भएको भन्दै त्यसलाई हटाउनुपर्ने पार्टीको अडान पनि राखेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित संविधान संशोधनको अपरिहार्यता र आवश्यक्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विदेशी ज्वाईँले देश भरिन्छ भनेर डराउनुपर्ने अवस्था नरहेको पनि बताए। आफ्नै छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ’ भट्टराईको प्रश्न थियो। विदेशी ज्वाईँ आएर देश खाईदिन्छ भनेर किन डराउनु पर्‍यो?’ संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता सम्बन्धि विधेयकमा विवाद छ। पूर्वप्रधानमन्त्री भट्टराईले पनि सरकारले प्रस्ताव गरेको विधेयक त्रुटिपूर्ण भएको उल्लेख गर्दै त्यसमा छोरा र छोरीबीच विभेद हुने गरी आएको प्रावधानलाई हटाउनुपर्ने माग गरे।

भट्टराईले मुलुकलाई समृद्ध बनाउने हो भने जातीय आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व हुने गरी व्यवस्थापिका र प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुने शासकीय व्यवस्था कायम गर्नुपर्ने पनि बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad