७ वैशाख २०८१ शुक्रबार
राजनीति

लोकमानलाई बर्खास्त गर्न माग

काठमाडौं– विभिन्न क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको ‘फ्रिलान्स युथ मुभमेन्ट’ले पद, शक्तिको दुरुपयोग गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको बर्खास्ती अभियान सञ्चालन गर्ने भएको छ।

अख्तियार प्रमुखले आफ्नो अख्तियारको दुरुपयोग गरेको गतिविधि गरिरहेकाले कार्कीलाई बर्खास्त गर्नुपर्ने माग गर्दै अभियान चलाएका हुन्। बुधबार अपरान्ह प्रदर्शन मार्गमा उनीहरुले प्लेकार्डसहित कार्कीको बर्खास्तीको माग गर्दै प्रदर्शन गरे।

कार्की अख्तियार प्रमुख भएपछि गरेका गतिविधिहरुले नै उनले अख्तियारको दुरुपयोग भएको स्पष्ट पारेको बताएका छन्। कही समय अघि सर्वोच्चले अख्तियारको पूर्णबैठक बसी कुनैपनि व्यक्ति वा संस्थाको खानतलासी वा हिरासतमा लिने कार्य नगर्नु नगराउनु भन्ने आदेशको विपरीत समेत अख्तियारले नागरिकलाई आतकिंत पार्ने गरि सो कार्य जारी राखेकोमा पनि अदालतको अवहेलना गर्दै अख्तियारीको दुरुपयोग गरिरहेकोमा उनीहरुले आक्रोश व्यक्त गरे ।

कार्यक्रमका आयोजकहरुले कार्यक्रम निक आयोजना गरेको भन्दै प्रहरीले प्रष्टिकरण लिएको बताएका छन् ।
‘कार्यक्रम पश्चात प्रहरी प्रशासनबाट पटक पटक फोन गरी अभियानकर्ताहरुलाई धम्कीको भाषामा स्पष्टीकरण लिन काम भयो,’ आयोजक मध्येका एक गौतम राईले भने, ‘तर हाम्रो अभियान जारी रहने छ ।’

मेडिकल शिक्षाको गुणस्तर सुधारका लागि सत्याग्रह गर्दै आएका डा.गोविन्द केसीले अख्तियार प्रमुख कार्कीलाई माहाअभियोग लगाउनुपर्ने माग गर्दै आएका छन्। भ्रष्टाचारसम्बन्धी अनुसन्धान गर्ने एक मात्र संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीको नियुक्ति खिलराज रेग्मी सरकारको पालामा भएको थियो। बाधाअड्काउमार्फत संविधान संशोधन गरेर संसदीय सुनुवाइ छल्दै कार्कीलाई आयोग प्रमुख बनाइएको थियो।

शाही शासनकालमा मुख्यसचिव रहँदा पद, सत्ता र शक्तिको दुरुपयोग गरी जनआन्दोलन २ दमन गरेकोमा उनलाई रायमाझी आयोगले दोषी ठहर गरेको थियो।
राजा वीरेन्द्रको हुकुम प्रमांगीबाट सरकारी सेवा प्रवेश गरेका कार्की जलस्रोत, अर्थ र प्रधानमन्त्री कार्यालयको सचिव हुँदै मुख्यसचिव भएका थिए। पूर्वराजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि मुख्यसचिवको जिम्मेवारी पाएका थिए।

प्रमुख आयुक्त भएपछि कार्कीले विवादास्पद कार्यमा संलग्न रहँदै आएका छन्। नियुक्तिलगत्तै सुपारी तस्करीलाई बाटो खुला गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायतलाई पत्र पठाएको, पूर्वाञ्चल, पोखरालगायत विश्वविद्यालयका प्रमुख प्रधाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको, एन्फाको रकममा भ्रष्टाचार गरेको आरोप लागेका गणेश थापाको मुद्दा तामेलीमा राख्ने निर्णय गरेको, अकूत सम्पत्ति आर्जन गर्ने ठूला व्यक्तिलाई छुट दिई सानालाई निशाना बनाएको आरोप उनीमाथि लाग्दै आएको छ।

 

प्रकाशित: १५ असार २०७३ १४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App