७ वैशाख २०८१ शुक्रबार
समाज

बाबुछोराको हत्या अभियोगमा पक्राउ

हत्यामा संलग्न दीपक मल्ल भन्ने दान बहादुर मल्ल।

स्याङ्जा - स्याङ्जामा बाबुछोराको हत्याको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले हरिनास गाउँपालिका–३ ललहीका दान बहादुर मल्ल (दीपक) लाई पक्राउ गरेकाे हाे। गत भदौ १७ गते गाउँकै ३० वर्षीय चित्र बहादुर खड्का (गोरे) र उनका ४ वर्षीय छोरा रिजन खड्काको हत्याको अभियोगमा मल्ललाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो।

नाबालक छोरा र बाबुको हत्या मल्लले गरेका अनुसन्धानबाट खुल्न आएकोले निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिसपी नबिनकृष्ण भण्डरीले जानकारी दिए। मृतक खड्का श्रीमती अनिता खड्काको किटानी जहेरी र अनुसन्धान गर्दा हत्यामा मल्लको संलग्नता भेटिएको भण्डरीले बताए। उनलाई पक्राउ गरी जिल्ला अदालतमा म्याद थपका लागि पेश गरी थप अनुसन्धान भैरहेको छ।

राति एउटै कोठामा सुतिरहेको अवस्थामा धारिलो हातियार प्रहार गरी बाबुछोराको हत्यासँगै लामो समय घट्नामा संलग्नको पत्ता नलगाउदा प्रहरीको अनुसन्धान माथिनै प्रश्न चिन्ह खडा भएको थियो। घट्नास्थलमा कुकुर समेत परिचालन गरेको थियो।

तर, कुनै तथ्य फेला पार्न सकेका थिएन। बाबुछोराको घाँटी र ज्यानमा दारिलो हातियार प्रहार गरी हत्या भएको पोष्टमार्टम रिपोर्ट देखाएको छ। प्रहरीले घट्नाका क्रममा प्रयोग भएको खुकुरी समेत बरामद गरेको थियो। पक्राउ परेका मल्ललाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित: ३ आश्विन २०७६ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App