८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जापानमा शक्तिशाली भूकम्प, सुनामीको खतराको सूचना

टोकियो- जापानमा मङगलबार बिहान शक्तिशाली भूकम्प आएको छ। सो भूकम्पले जापानको उत्तरपश्चिमी क्षेत्र फुकुसिमामा बढी प्रभाव पारेको बताइएको छ।
प्रारम्भिक सूचनाअनुसार उक्त भूकम्पबाट अहिलेसम्म त्यति ठूलो क्षति पुगेको छैन। दुई जना घाइते भएका बताइएको छ।
मङ्गलबार बिहान ६ बजे भूकम्पको शक्तिशाली धक्का महसुश गरिएको समाचारमा जनाइएको छ।
धक्कापछि लगत्तै फुकुसिमा र सो वरपरका क्षेत्रहरु मियागी, इवाता, आवोमोरीलगायतमा उद्धारका लागि सूचना जारी गरिएको थियो ।
त्यसलगत्तै आवोमोरी क्षेत्रमा सुनामी आएको थियो । जापानी भूगर्भ तथा जलवायू विभागले १.४ मीटरको सुनामी देखिएको जनाएको छ।
सो कारणले गर्दा उक्त क्षेत्रमा सुनामीको खतराको सूचना दिइएको समाचारमा जनाइएको छ। तर पछि भने सुनामीको असर देखा परेको छैन ।
भूकम्पपछि मङ्गलबार बिहान कैयौँ पराकम्पनको महसुश गरिएको छ । ती पराकम्पनका कारण पनि सुनामीको खतरा खतराको सूचना हटाइएको छैन ।
सो भूकम्प १० किलोमीटर मात्र गहिराइमा आएको उक्त एजेन्सीले जनाएको छ । ती प्रभावित क्षेत्रबाट अहिले बस्ती खाली गराइएको छ । र उनीहरुलाई सतर्कताका साथ रहन भनिएको छ।
अधिकारीहरुले उद्धारको कार्य गरिरेहका छन् । साथै क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको उनीहरुले बताएका छन् ।
भूकम्पको धक्कापछि फुकुसिमाको एक पेट्रोलियम केन्द्रमा आगलागी भएको थियो । सो केन्द्रमा आगोलागेपछि त्यस वरपरका करिब ११ सय घर प्रभावित भएका छन्। रासस/ सिन्ह्वा

 

प्रकाशित: ७ मंसिर २०७३ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App