८ वैशाख २०८१ शनिबार
खेल

जित कुन्डो सुरु

काठमाडौं– नेपाल जित कुन्डो मार्सल आर्ट्स संघको आयोजना तथा टोखा नगरपालिकाको सहयोगमा टोखा नगरपालिका प्रथम मेयर कप जित कुन्डो मार्सल आर्ट्स राष्ट्रिय आमन्त्रण प्रतियोगिता बिहीबारदेखि टोखामा सुरु भएको छ। प्रतियोगिताको उपप्रधानमन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे।

पुरुषमा ५ र महिलामा १ गरी ६ तौलसमूहमा प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव शिवबहादुर थापाले जनाएका छन्। प्रत्येक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन्। दुईदिने प्रतियोगिताको पहिलो दिन क्वार्टरफाइनल चरणसम्मका खेल सम्पन्न भएको छ।

श्रेष्ठ स्विट्जरल्यान्ड प्रस्थान
 नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ अशोककुमार श्रेष्ठ बिहीबार स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्।

न्टरनेसनल मार्सल आर्ट्स एसोसिएसन, स्विस हल अफ अनरले प्रदान गर्ने वर्षको उत्कृष्ट सिनियर प्रशिक्षक अवार्ड– २०१९ ग्रहण गर्न श्रेष्ठ स्विट्जरल्यान्ड गएको बताइएको छ।

अवार्ड सेप्टेम्बर २१ तारिखमा प्रदान गरिनेछ। उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बिहीबारै एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: ३ आश्विन २०७६ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App