७ वैशाख २०८१ शुक्रबार
समाज

सुदूरपश्चिममा तीन घण्टामा १३ पटक भूकम्प धक्का

बैतडी—सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन्। आज दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ औं भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ।

भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएका हुन्।

तेह्रवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्वको मयानामा परेको छ ।
 

भूकम्पपछि स्थानीय जनता घरबाहिर र खुला ठाउँमा जम्मा भएका छन् । रासस

प्रकाशित: १५ असार २०७३ १४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App