coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाढीका कारण २० हजार फसे

बैंकक – थाइल्यान्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दाबढी मानिस बाढीका कारण विभिन्न ठाउँमा फसिरहेको जनाएको छ। विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० हजार ६ सय २० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशहरुमा फसेका छन्।

विभागका महानिर्देशक चायाफोल थितिसकले बाढी पहिरोबाट ३२ प्रदेश प्रभावित भएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। ती प्रदेशहरुमा ‘पोडुल’ र ‘काजिकी’ नामक आँधीले दक्षिण पश्चिम क्षेत्रमा वर्षा पारेको उनले बताए।

गत अगस्त २९ देखि अहिलेसम्मको यो प्राकृतिक प्रकोपका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको पनि उनले जानकारी दिएका छन्। महानिर्देशक थितिसकले बाढी, पहिरो, अत्यधिक वर्षालगायतले उत्पन्न गरेको समस्याबाट देशभरका १८२ जिल्ला र ७१ सय १५ गाउँ प्रभावित भएको बताए। उनीहरु प्रायः उत्तरपूर्वी, उत्तरी र पूर्वी क्षेत्रका रहेका छन्।

‘यो आँधी र वर्षाले ४ लाख १८ हजार ५४९ घरहरू प्रभावित भएका छन् भने ३४ जनाको मृत्यु भएको छ र कैयौं घाइते भएका छन्,’ उनले बताए।

बाढी, पहिरो, वर्षालगायतका प्रकोपबाट प्रभावितलाई खोजी तथा उद्धार र सहयोगका लागि सरकारी सेना र स्थानीय अधिकारी तथा स्वंयमसेवकलाई परिचालन गरिएको उनको भनाइ छ। बाढीका कारण २० हजार ६२० जना यसोथोन, उबोन रात्चाथानी, रोइ इत र सिसा केटलगायतका प्रान्तमा फसेका हुन्। ‘राज्यका निकायले बाढी पीडितलाई सघाइरहेका छन्।

उनीहरुले फसेकाहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन्,’ महानिर्देशक चायाफोल थितिसकले बताए।बाढीका कारण डुवान परेको क्षेत्रमा पानी फाल्ने पम्पहरु पनि जडान गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।

बाढीका कारण फसेकाहरूलाई खाना, पिउने पानीलगायतका अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको उनीहरूको बताएका छन्।  
 

 

प्रकाशित: ३ आश्विन २०७६ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App