coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संकटग्रस्त बैंकको ऋण मिनाह

बेरुत – लेबनानको केन्द्रीय बैंकले अमेरिकाद्वारा प्रतिबन्धका कारण आर्थिक संकट झेल्न बाध्य भएको एक स्वदेशी बैंकको ऋण मिनाह गर्न बिहीबार सहमत भएको छ । अमेरिकाले लेबनानी जम्माल ट्रस्ट बैंक (जेटिबी) एसएएललाई स्थानीय सिया आन्दोलन हेजबुल्लालाई सघाएको आरोप लगाउँदै गत महिना प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

‘अमेरिकी आर्थिक नाकाबन्दीका कारण जेटिबी एसएउलमाथि परेको आर्थिक संकटबाट पार लगाउन केन्द्रीय बैंक तयार भएको छ,’ बैंकका गभर्नर रिआद सालामेलाई उद्धृत गरी लेबनानी राष्ट्रिय समाचार समितिले जनाएको छ ।

गत अगस्ट २९ मा लेबनानी हेजबुल्ला समूहको प्रमुख आर्थिक कारोबार गर्ने बैंकको आरोपमा लेबनानी जेटिबीलाई वासिङ्टनद्वारा आर्थिक प्रतिबन्ध लगाइएको थियो ।
जेटिबीले सिया लडाकु समूहका कैयौं सदस्यका परिवारलाई आर्थिक कारोबार गर्न छुट दिएको, आत्मघाती बम आक्रमणकारीका परिवारलाई सो बापतको रकमसमेत उपलब्ध गराएको लगायतका आरोपमा आर्थिक नाकाबन्दी लगाएको अमेरिकी ट्रेजरी विभागको दाबी रहँदै आएको छ ।

‘जेटिबीको सम्पत्तिको मूल्य र यसको राष्ट्रिय योगदानको मूल्यबापतको रकमलाई मूल्याङ्कन गरी केन्द्रीय बैंकले उसको सम्पूर्ण रकमलाई चुक्ता गर्ने छ,’ केन्द्रीय बैंकलाई उद्धृत गर्दै लेबनानको समाचार एजेन्सीले जनाएको छ ।

 

प्रकाशित: ३ आश्विन २०७६ ०४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App