७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इरानद्वारा युद्धको चेतावनी

तेहरान – साउदी अरबका दुई ठूला तेल प्रशोधनस्थलमा भएका आक्रमणमा जबर्जस्ती मुछ्न खोजेको भन्दै इरानले युद्धको चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वलाई युद्धमा धकेल्न खोजेको आरोप लगाउँदै तेहरानले यस्तो चेतावनी दिएको हो।

साउदी अरबका दुई ठूला कच्चा तेल प्रशोधनस्थलमा शनिबार बिहानै ड्रोन हमला भएका थिए। हमलामा आफ्नो संलग्नता रहेको यमनमा संघर्षरत हुथी विद्रोही समूहले दाबी गरे पनि वासिङ्टन र रियादले भने आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै आएका छन्।

हमलामा आफ्नो संलग्नता रहेको यमनमा संघर्षरत हुथी विद्रोही समूहले दाबी गरे पनि वासिङ्टन र रियादले भने आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै आएका छन्।

साउदी अरबको तेल उत्पादन आधा कटौती हुन पुगेको आक्रमणलाई अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले युद्धको गतिविधिको संज्ञा दिँदै इरानविरुद्ध गरिने सम्भावित कारबाहीका बारेमा साउदी अरब र खाडीका अन्य अमेरिकी साझेदारसँग छलफल भइरहेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले पनि बुधबार एउटा ट्विट गर्दै इरानसँग युद्ध हुने धैरे विकल्प रहेको जनाएका छन्। उनले तेहरानमाथि थप प्रतिबन्ध लगाउन पनि आफूले आदेश दिइसकेको बुधबार नै ट्विटमार्फत जानकारी गराएका थिए।

अमेरिकी समाचार संस्था सिएनएनसँग बोल्दै इरानका विदेशमन्त्री मोहम्मद जाभाद जरिफले यदि आफूहरुले अमेरिकी वा साउदी अरबको सेनासँग प्रतिरक्षा गर्न परे ‘आँखा नचिम्लने’ बताएका छन्। उनले यदि यस्तो अवस्था आयो भने त्यसले पक्कै पनि युद्ध निम्त्याउने चेतावनीसमेत दिएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

उनले अमेरिकी विदेशमन्त्री पोम्पेओ पनि तथाकथित ‘बि–टिम’को एउटा हिस्सा भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्धमा जानका लागि उस्काइरहेका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलगायतका रहेको इरानी आरोप रहँदै आएको छ। बुधबार नै अमेरिकी विदेशमन्त्री पोम्पेओले तेल प्रशोधनस्थलमा भएका आक्रमण साउदी अरबमाथि गरिएको युद्ध भएको बताएका थिए।
आक्रमणलाई ‘विश्वको ध्यानाकर्षण आवश्यक रहेको’ भनिरहेको रियादले बुधबार इरानी संलग्नताबारेको प्रमाण भन्दै २५ वटा इरानी ड्रोन क्षेप्यास्त्रका अवशेष सार्वजनिक गरेको थियो।

प्रकाशित: ३ आश्विन २०७६ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App