coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

दोस्रो टेस्टमा भारतलाई सफलता

विशाखापट्टनम— बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले सोमबार दोस्रो टेस्टमा इङ्ल्यान्डलाई २ सय ४६ रनले पराजित गरेको छ।

पाँचौं तथा अन्तिम दिन सोमबार ८९–२ को अवस्थाबाट खेल सुरु गरेको इङ्ल्यान्डलाई १ सय ५८ रनमा अलआउट गर्दै भारतले फराकिलो जित पाएको हो। इङ्ल्यान्डले थप ६९ रन जोड्दा बाँकी  ८ विकेट गुमाएको थियो।

इङ्ल्यान्डलाई सानै स्कोरमा रोक्ने क्रममा भारतका जयन्त यादव र रविचन्द्रन अश्विनले ३–३ विकेट लिए भने मोहम्मद सामी र रविन्द्र जडेजाले २–२ विकेट लिएका थिए ।

दोस्रो इनिङमा इङ्ल्यान्डका कप्तान एलिस्टर कुकले सर्वाधिक ५४ रन जोडेका थिए । २ सय २१ बल खेलेका  कुकले ४ चौका प्रहार गरे । जोनी बेरिस्टोले अविजित ३४ रन बनाए । ४० बल खेलेका बेरिस्टोले ७ चौका हाने । त्यस्तै जोए रुट र ओपनर हासिब हमिदले २५–२५ रन बनाउनुबाहेक अन्य ब्याट््सम्यानले उल्लेख्य प्रर्दशन गर्न सकेनन् ।

यसअघि भारतले कप्तान विराट कोहली र चेतेश्वर पुजाराको शतकीय योगदानपछि पहिलो इनिङमा ४ सय ५५ रन जोडेको थियो। कोहलीले १ सय ६७ रन तथा पुजाराले १ सय १९ रनको योगदान दिए । यता इङ्ल्यान्ड भने २ सय ५५ रनमा अलआउट भयो । पहिलो इनिङमा अश्विनले ५ विकेट लिएपछि भ्रमणकारी टोली सानै स्कोरमा समेटिएको थियो ।

दोस्रो इनिङमा २ सय ४ रनमा अलआउट भारतले इङ्ल्यान्डलाई ४ सय ५ रनको विजय लक्ष्य दिएको थियो । घरेलु टोलीका कप्तान कोहलीले ८१ रनको योगदान दिएका थिए । दोस्रो इनिङमा इङ्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ट ब्रोड र अदिल रसिदले ४–४ विकेट लिएका थिए ।

दुवै इनिङमा गरी कुल २ सय ४८ रन बनाएका भारतका कप्तान कोहली म्यान अफ दी म्याच भए ।

जितसँगै भारतले ५ खेलको टेस्ट शृंखलामा १–० को अग्रता लिएको छ । राजकोटमा सम्पन्न पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

प्रकाशित: ७ मंसिर २०७३ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App