८ वैशाख २०८१ शनिबार
समाज

अवरुद्ध सडक खुल्यो

खोटाङ – वर्षाका कारण अवरुद्ध दिक्तेल–जयरामघाट सडक सञ्चालनमा आएको छ । निरन्तरको वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा ठप्प बनेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल जयरामघाट सडक बिहीबारदेखि सञ्चालनमा आएको हो ।

वर्षाका कारण हलेसी तुवाचुङ नगरपालिकाको काभ्रे, दुर्छिमको बुद्धचोक, बाङ्मा, कदुवा र डोङ्ठे खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । हलेसी तुवाचुङ नगरपालिकाले जेसिभी प्रयोग गरी पहिरो पन्छाएको छ ।

सडकमा खसेको पहिरो पन्छाएपछि दिक्तेल–काठमाडौं र दिक्तेल–कटारीबिच सवारीसाधन पुनः चल्न थालेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

प्रकाशित: ३ आश्विन २०७६ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App