coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

उपन्यासकार पुरस्कृत

काठमाडौं – प्रेममोहन सिरपाः गुठीले उपन्यासकार मल्ल के. सुन्दरलाई प्रेम–मोहन सिरपाः बाट पुरस्कृत गरेको छ। राजधानीमा बुधबार आयोजना गरिएको कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उपन्यासकार मल्ललाई उनको उपन्यास ‘द पोष्टर’ का लागि ५० हजार रुपैयाँसहितको सिरपाः (पुरस्कार) प्रदान गरेका थिए।

त्यस्तै कार्यक्रममा संस्कृतिविद् जोशीलाईसमेत २५ हजार रुपैयाँसहित विशेष सम्मान प्रदान गरिएको थियो। ‘साहित्य लेखनमा विविधता आउनु अत्यावश्यक भएको सन्दर्भमा सम्मानित उपन्सयाकार मल्लले फरक विषयवस्तुमा उपन्यास लेखेका थिए,’ संस्कृतिविद् जोशीले भने। कार्यक्रममा सत्यमोहन जोशीसहित सम्मानित मल्लके सुन्दर, प्रेमशान्ति तुलाधर, स्नेह सायमि, मथुरा सायमि, पवित्र बज्राचार्य र रेणुका बासुकलाले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित: ३ आश्विन २०७६ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App