coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कालोपत्रको माग गर्दै चक्काजाम

सर्लाही - महिनौंदेखि भत्किएको पूर्व–पश्चिम राजमार्ग कालोपत्रे नगरेको भन्दै हरिवन नगरपालिकाअन्तर्गत नयाँ रोडवासीले बिहीबार चक्काजाम गरेका छन्।

चौबिसै घण्टा व्यस्त पूर्व–पश्चिम राजमार्गमा ठूलाठूला खाडल भएको महिनौं बितिसक्दासमेत सम्बन्धित निकायले कालोपत्र गर्न चासो नदेखाएकाले विरोधस्वरूप चक्काजाम गरिएको स्थानीय रामहरि प्रसाईंले जानकारी दिए। ‘सडक भत्किएकाले घाम लाग्दा सवारीसाधनले उडाउने धुलोका कारण हैरान छौं,’ नयाँरोड बजारस्थित पूर्व–पश्चिम राजमार्गकिनारमै किराना पसल राखेका प्रसार्इंले गुनासो गरे, ‘पानी परेपछि राजमार्गले पोखरीको रूप धारण गर्छ।’

पानी परेको बेला खाडल नदेखिने भएकाले दैनिक आधा दर्जनजसो मोटरसाइकल दुर्घटनामा पर्ने गरेको प्रसाईंले जानकारी दिए। स्थानीयभन्दा पनि पूर्व वा पश्चिम टाढाबाट आउने मोटरसाइकल यात्रु दुर्घटनामा पर्ने गरेका छन्।

सडकको दुरवस्था देखेर यात्रुले समेत चक्काजामको स्वागत गरेको उनले बताए। बिहीबार बिहान पहिलो दिन आधाघण्टा मात्र चक्काजाम गरिएको र अब सडक मर्मतसम्भार नहुन्जेल दैनिक आधा घण्टाका दरले बढाउँदै लैजाने प्रसाईंले चेतावनी दिए। पूर्व–पश्चिम राजमार्गका अन्य स्थानमा भएका ससाना खाल्डाखुल्डी केही महिनाअघि मर्मतसम्भार गरिए पनि ठूलाठूला खाडलसहित भत्किएको नयाँरोड बजारस्थित झन्डै १ सय मिटर क्षेत्र भने मर्मत भएकोे छैन।

खाल्डाखुल्डीका कारण मोटरसाइकल, टेम्पु, जीप, कारलगायत साना सवारीसाधन दुर्घटनामा पर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

खाल्डाखुल्डीका कारण रातको समयमा झन् बढी दुर्घटनाको जोखिम हुने ट्राफिक प्रहरीको भनाइ छ। डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा प्रसादले भने कालोपत्रका लागि टेन्डरको सूचना प्रकाशित गरिसकिएको र केही समयपछि ठेकेदारमार्फत कालोपत्र गरिने बताए।

प्रकाशित: ३ आश्विन २०७६ ०२:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App