coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ शक्तिको बैठक सुरु

काठमाडौं– नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यकारी समिति बैठक सोमबार सुरु भएको छ । बैठक ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा तीन दिनसम्म चल्ने प्रवक्ता खिमलाल देवकोटाले बताए । उनका अनुसार बैठकमा ६ वटा कार्ययोजना निर्माण कार्यदलबाट प्रस्तुत हुने पार्टीको समग्र कार्ययोजना प्रतिवेदनमाथि छलफल हुनेछ ।
गत कात्तिक ३ गते बसेको विशेष राजनीतिक समितिको बैठकले पार्टीको आगामी कार्ययोजना, संगठन निर्माण, आर्थिक स्रोत परिचालन, संगठन निर्माणलगायतका विषयमा कार्ययोजना तयार गर्न ६ वटा कार्ययोजना निर्माण कार्यदल बनाएको थियो ।
बैठकमा पार्टीको योजना, आर्थिक व्यवस्थापन तथा सुशासन विभागका संयोजक रामेश्वर खनालको संयोजकत्वको आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन कार्ययोजना तर्जुमा कार्यदलले आर्थिक स्रोत परिचालनसम्बन्धी कार्ययोजना पेस गर्ने देवकोटाले बताए । त्यसैगरी केन्द्रीय कार्यालय सचिव डा. केशवमान शाक्यको संयोजकत्वको उत्पादन तथा स्वरोजगार कार्ययोजना कार्यदलले पार्टीको अगुवाइमा क्षेत्रगत रुपमा लघुवित्त कम्पनी, सहकारी संस्था, जलविद्युत् आयोजना, होटल, कृषि सहकारी आदि सञ्चालन गरी रोजगार र स्वरोजगार सिर्जना गर्ने प्रस्ताव पेस गर्नेछ ।
प्रदेश नं. ३ का संयोजक गंगा श्रेष्ठको संयोजकत्वमा गठित राष्ट्रिय तथा सामाजिक अभियान कार्ययोजना कार्यदलले नयाँ शक्तिले लिएको वैकल्पिक राजनीतिलाई मुलुकको राष्ट्रिय तथा सामाजिक अभियानसँग जोडेर जनपरिचालन तथा दबाबमूलक कार्यक्रम गर्ने योजना पेस गर्ने देवकोटाले बताए ।
 

प्रकाशित: ७ मंसिर २०७३ ०२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App