थाइल्याण्डमा बाढी, २० हजार फसे

बिहिबार, ०२ असोज २०७६, १९ : ०५ नागरिक

बैङ्कक- थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा बसेको जनाएको छ।

विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २० हजार ६२० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशहरूमा फसेका छन्।

विभागका महानिर्देशक चायाफोल थितिसकले बाढी पहिरोबाट ३२ प्रदेश प्रभावित भएको पत्रकार सम्मेलनमा जानकारी दिए। 

ती प्रदेशहरूमा ‘पोडुल’ र ‘काजिकी’ नामक आँधीले दक्षिण पश्चिम क्षेत्रमा बर्षा पारेको उनले बताए। 

गत अगस्त २९ देखि अहिलेसम्मको यो प्राकृतिक प्रकोपका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको पनि उनले जानकारी दिए। 
   
महानिर्देशक थितिसकले बाढी, पहिरो, अत्यधिक बर्षालगायतले उत्पन्न गरेको समस्याबाट देशभरका १८२ जिल्ला र ७१ सय १५ गाउँहरू प्रभावित भएको बताए। उनीहरू प्राय उत्तरपूर्वी, उत्तरी र पूर्वी क्षेत्रका रहेका छन्। 

“यो आँधी र बर्षाले ४ लाख १८ हजार ५ सय ४९ घरहरू प्रभावित भएका छन् भने ३४ जनाको मृत्यु भएको छ र अरु कैयौँ घाइते भएका छन्,” उनले भने।

बाढी, पहिरो, बर्षा लगायतका प्रकोपबाट प्रभावितहरूलाई खोजी तथा उद्धार र सहयोगका लागि सरकारी सेना र स्थानीय अधिकारी तथा स्वयमसेवकहरूलाई परिचालन गरिएको उनको भनाइ छ।

बाढीका कारण फसेका २० हजार ६ सय २० जना यसोथोन, उबोन रात्चाथानी, रोइ इत र सिसा केटलगायतका प्रान्तहरूमा फसेका हुन्। 

राज्यका निकायहरूले बाढी पीडितहरूलाई सघाइरहेका छन्, उनीहरूले फसेकाहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन्। 

बाढीका कारण डुवान परेको क्षेत्रमा पानी थाल्ने पम्पहरू पनि जडान गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। 

बाढीका कारण फसेकाहरूलाई खाना, पिउने पानी लगायतका अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको उनीहरूको बताएका छन्।  सिन्ह्वा








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad