८ वैशाख २०८१ शनिबार
राजनीति

बाबुराम भन्छन्- संविधान पुरै च्यातेर पुर्नःलेखन गर्नुपर्छ भन्ने आवाज पनि उठ्यो

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधान समय र माग अनुसार संशोधन गरिनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै उनले संविधानमा सबैको स्वीकार्य हुन नसके जनताको असन्तुष्टिले विद्रोहको रुप लियो भने ठुलो दुर्घटना हुन सक्ने भन्दै संशोधनको मुद्धालाई छोड्न नहुने बताएका हुन्।

उनले संविधान भनेको विद्यमान आर्थिक, राजननिति, सामाजिक शक्ति सन्तुलनको दस्तावेज भएकाले समय र समाज परिर्वतन संगै परिर्वतन हुदै जानुपर्ने बताए। लोकसेवा आयोगको विज्ञापनमा पनि संविधानको कार्यान्वनय हुन नसकेको भन्दै संविधानको व्यवस्था कार्यान्वयन गर्न नसक्दा सबैको स्वामित्व र अपनत्व कायम हुन नसक्ने बताए।

उनले भने ‘संविधानमा नै त्रुटीहरु गरेका छौं। त्यही कारणले गर्दा आज एकातिर हामीले पुरानै पञ्चायती शैलीमा उर्दी जारी गरेर सबैले अनिवार्य रुपमा दिपावली मनाउनुपर्ने, उपस्थित हुनुपर्ने फरमान जारी गरिराखिएको छ भने अर्कोपट्टि यो संविधान केही पनि होइन भन्दै पुरै च्यातेर पुर्नलेखन गर्नुपर्छ भन्ने आवाज पनि छ। यी दुई थरी अतिवादी प्रवृति लोकतन्त्र सम्मत, विज्ञान सम्मत छैन्। सत्य सेतो र कालोमा हँुदैन, सत्य खैरो हुन्छ। त्यसैले यो संविधानका सवल पक्षको रक्षा गर्दै पक्ष र कमजोर पक्षलाई संशोधन गरेर पुर्णता दिनुपर्ने आजको आवश्यकता हो।’

शासकिय र निर्वाचन प्रणालीबीच अन्तरविरोध रहेकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता औल्याए। ठुला ठुला भ्रष्टाचार नियन्त्रणका लागि खर्चिलो निर्वाचन प्रणालीको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिए।

उनले नेपालको भूराजनीतिक अत्यन्तै संवेदनशील रहेकाले सही नीति अबलम्बन गर्न नसके  अफगानिस्तान जस्तो द्धन्द्धमा फस्न सक्ने खतरा औल्याए। उनले अमेरिकाको इण्डो प्यासिफिक, चीनको बिआरआई र भारतको हिमालयन फ्रन्टियर पोलिसीलाई ठीक ढंगले बुझेर सही व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। नेपाल जस्तो सानो मुलुकले भूराजनीति र सामरिक अवस्थितिलाई ध्यानमा राखेर गतिशिल, शान्तिवाद र तटस्थतावादको नीति अनुसार यी मुख्य शक्तिसँग अलग अलग व्यवहार गर्नुपर्ने आवश्यकता उनले औल्याए।

प्रकाशित: २ आश्विन २०७६ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App