coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारबाटै संविधानलाई कमजोर बनाउने काम भयोः नेता सिटौला

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधानलाई कमजोर बनाउने काम सरकारबाटै भएको दावी गर्दै आपत्ति जनाएका छन्। 

जनआन्दोलनको रगत र पसिनाबाट बनेको संविधानलाई सिंहदरबारबाटै कमजोर बनाउने काम गरिएकोमा आफूलाई चिन्ता लागेको सिटौलाको भनाई छ। उनले सरकारले संविधानलाई कमजोर बनाउने गरी आफैंले विधेयकहरु ल्याएको उल्लेख गर्दै संविधानको पक्षमा जनमत सृजना गर्न सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे।

संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिटौलाले सरकारले संवैधानिक व्यवस्थालाई कमजोर पार्ने काम गरेकाले संविधानको पक्षमा जनमत सृजना गर्न संचारकर्मीहरु पनि लाग्नुपर्ने  बताए।

काँग्रेस नेता सिटौलाले सरकारका कार्यशैली, नीति र गतिविधि संविधान विरोधी भएको दावी पनि गरे।

प्रकाशित: २ आश्विन २०७६ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App