coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज पक्राउ

डडेल्धुरा– प्रतिबन्धित नेकपा विप्लव समूहका आलिताल गाउँपालिका इन्चार्ज एवं जिल्ला कमिटी सदस्य आलोक भनिने खेम बहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको हो। 

आलिताल १ तोली बस्ने ४० बर्षीय बोहरालाई  प्रहरीले गत भदौ ३१ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले बिहीबार सार्वजनिक गरेको छ। पक्राउ परेका बोहराविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा आवश्यक कानुनी कारवाही अगाडि बढाइएको प्रहरी प्रमुख दधिराम न्यौपानेले बताए। 

बोहरा यसअघि विप्लव समूहले गरेका विभिन्न घटनामा संलग्न भएको तथा चन्दा असुली गर्ने कार्यमा समेत संलग्न भएको भन्ने बुझिएको छ। डिएसपी न्यौपानेले भने, ‘सो सम्बन्धमा आवश्यक अनुसन्धान समेत भइरहेको  छ।

प्रकाशित: २ आश्विन २०७६ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App