अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई अर्थमन्त्री खतिवडाकाे आग्रह

बिहिबार, ०२ असोज २०७६, १३ : २० नागरिक

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले मुलकको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन्। अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाई त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराए।

आफूले नीति, निर्माणको तहमा २५÷३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन? भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझिकन हल्का टिप्पणी गर्न नमिल्ने उनको तर्क थियो। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको सर्वमान्य सिद्धान्तहरु असफल हुँदै गएको र त्यसको ठाउँमा नयाँ सिद्धान्तको प्रयोग हुन थालेकाले अर्थतन्त्रको कुन मोडल ठिक हुन्छ? भनेर एकीन गर्ने अवस्था नरहेको पनि स्पष्ट पारे। उनको मुलुकको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले व्यापार घाटा बढदै गईरहेका बेला खुला अर्थतन्त्र मुलुकका लागि उपयुक्त हुने÷नहुने बहसको विषय भएको पनि बताए। उनले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि दोहो-याए।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad