coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पूर्व खेलाडी डि–मारियाको गोलमा रियल पराजित, युभेन्टस रोकियो

काठमाडौं– रियल मड्रिडले खराब नतिजाबाट यस बर्षको युरोपियन च्याम्पियन्स लिग सुरुवात गरेको छ। स्पेनिस क्लब रियल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)सँग ३–० ले पराजित भएको हो।

पिएसजीको जितमा म्याड्रिड कै पूर्व खेलाडी एन्जल डि मारिया नायक बने। उनले खेलमा दुई गोल गरे। पिएसजी फ्रन्टलाईनका स्टार खेलाडीहरू केलिएन एमबाप्पे, एडिसन काभानी तथा नेइमार बिना नै मैदानमा उत्रेको थियो।

डि मारियाले प्रन्टलाईनको आक्रमणलाई अभाव हुन दिएनन्। अर्को गोल थोमस मुनिएरले गरे। डि मारियाले खेलको १४ तथा ३३ औं मिनेटमा गोल गरे भने मुनिएरले अतिरिक्त समयमा गोल गरेका थिए। 

म्यान्चेस्टार सिटी पनि विजयी
इंलिस क्लब म्यानचेस्टर सिटीले पनि च्याम्पियन्स लिगमा विजयी सुरूवात गरेको छ। साख्तर डोनेस्कलाई सिटीले ३–० ले पराजित गरेको हो।

समूह सी अन्तर्गतको खेलमा सिटीले २४ औं मिनेटमा रियाद महरेजको गोलमा अग्रता लिएको थियो। बाँकी गोल आइकेली गुण्डोगान र  गाब्रिएल जिससले गरेका थिए। उनीहरुले क्रमशः ३८ औं र७६ औं मिनेटमा गोल गरेका थिए।

युभेन्टस रोकियो
अन्तिम मिनेटमा समालिन नसक्दा युभेन्सले एथलेटिको मड्रिडसंग २–२ गोलमा चित्त बुझाउनु पर्यो। समूह ‘डी’ अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टसले लिएको २–० को अग्रतालाई जोेगाउन नसकेको हो।

पहिलो हाफ गोल रहित सकिएको थियो। दोश्रो हाफ लगत्तै युभेन्टसले गोल गरेको थियो। खेलको ४८ औं मिनेटमा युभेन्टसका लागि ख्वान  क्वाड्राडोले गोल गरेका थिए। त्यस्तै ६५ औं मिनेटमा ब्लेज माटुइडीले गोल गरेपछि युभेन्टस २–० को अग्रतामा थियो।

एथ्लेटिकोले भने अन्तिम २० मिनेटमा कमव्याक गर्यो।  एथ्लेटिकोका लागि  स्तेफान साविकले ७० औं र हेक्टर हरेराले ९० र्औं मिनेटमा गोल गरेका थिए।
मंगलबार ४ समुहका ८ खेल भएका थिए भने बाँकी ४ समुहका ८ खेल बुधबार भएको थियो । बुधबारका खेलहरुका नतिजा यसप्रकार छ।

समुह ‘ए’
क्लब बर्ग ०–० ग्लातासराय
पिएसजी ३–० रियल म्याड्रिड

समुह ‘बि’
ओलम्पियाकस २–२ टोटनहाम
बार्यन म्यूनिख ३–० कर्भेना ज्याभेन्डा

समुह ‘सि’
साख्तर डोनेक्क ०–३ म्यान्चेस्टार सिटी
डाइनामो जाग्रेब ४–० एटालान्टा

समुह ‘डि’
एथ्लेटिको म्याड्रिड २–२ युभेन्टस
बायर १–२ मस्को

प्रकाशित: २ आश्विन २०७६ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App