coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फरार अभियुक्त सत्र वर्षपछि पक्राउ

नुवाकाेट – एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। ककनी गाउँपालिका–७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

आरोपित सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा चितवनको राप्ती नपा–७ भवानीबजारबाट पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला अदालतमा बुधबार पेश गरिएका सुनारलाई अदालतले अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।(रासस)

प्रकाशित: २ आश्विन २०७६ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App