पुराना सबै प्रतिगामी ?

बिहिबार, ०२ असोज २०७६, ०९ : १८ आदित्यमान श्रेष्ठ

एकपटक पुरानो नेपालतिर फर्केर हेरौँ, कति प्रतिगामी र कति अग्रगामी रहेछन्। सन् १९९० (याने २०४६ साल) मा जति नागरिक अधिकार र व्यक्तिगत स्वतन्त्रता प्राप्त भएका थिए के ती अग्रगामी थिएनन् ? अखबारहरू बन्द गर्ने र रजिस्ट्रेसन नै खारेज गर्ने प्रथाको अन्त भयो। सम्पादकहरू थुनिने, तारेखमा राखिने र बयान लिइने चलन एकप्रकारले बन्द भयो। के त्यो परिवर्तन प्रतिगामी थिए ? आज तिनै सम्पादकलाई जेल पठाउन सकिने, हजारौँ रुपियाँ जरिवाना गर्न सकिने, मानिसले अभिव्यक्ति दिन सक्ने नयाँ प्रविधिलाई नियन्त्रित गर्न सकिने, लोकतन्त्रअन्तर्गत संविधानले प्रदान गरेका प्रेस र वाक् स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने कानुन बनाउनु के प्रतिगामी भएनन् ? अग्रगामीको नाउँमा पुराना रीतिथितिलाई पन्छाउनु के गलत होइन ?

त्यसभन्दा पनि पछाडि फर्केर हेरौँ। सन् १९७५ मा सरकारले प्राथमिक स्वास्थ्य सेवा नेपालीको घर–घरमा पु-याइदिने प्रतिबद्धता जाहेर ग-यो। सो आजसम्म पनि सम्पन्न हुन सकेको छैन। तर त्यो सेवा प्रतिगामी त थिएन। जुन सरकार आए पनि त्यो अग्रगामी अठोटलाई अगाडि बढाउन सकिन्थ्यो। तर सो हुन पाएन। अग्रगामी सरकार भएको दावा गर्ने सरकारले यसलाई पूरा गर्न सक्थ्यो। त्यसो गर्नुको सट्टा सरकारले आफ्ना मानिसलाई लाभ पु-याउने उद्देश्यले मेडिकल कलेज खोल्न दियो। मेडिकल शिक्षा एउटा व्यापारिक स्रोत बन्यो। फलस्वरूप डा. गोविन्द केसीले दर्जनौंँपटक आमरण अनशन गर्नुप-यो। अझ पनि त्यो परिस्थिति आउन सक्ने सम्भावना देखिन्छ। पुरानो कुरा हुनेबित्तिकै त्यसै प्रतिगामी भन्न मिल्दैन। सन् १९७० को उपलब्धि नै हेर्नुस्। नेपालमा चीनले ट्रली बस बनाइदियो। त्यसको सञ्चालनका लागि काठमाडौँदेखि भक्तपुरसम्म बिजुलीको तार पनि जडान गरिदियो। दसौँं वर्ष चलेपछि त्यो सेवा बन्द भयो। सरकारले यतातिर वास्ता नै गरेन। यसको बदलामा बाटो खुलाउन थाल्यो र त्यसमा पेट्रोलले चल्ने गाडीहरू गुडन थाले। भारतमा जति जति नयाँ नयाँगाडी बन्न थाले उति उति नेपालमा गाडीको घुइँचो बढन थाल्यो। आज देशले आयात गर्ने वस्तुमा सबभन्दा ठूलो भाग पेट्रोलकोे छ। यसबापत खरबौंको विदेशी मुद्रा खर्च हुन्छ। यसले हामीलाई पेट्रोलमाथि निर्भर गराएको छ।

नेपाल र नेपालीसित गौरव गर्ने जति पुराना निर्माण र संस्कार छन्, उति आधुनिककालका छैनन्। त्यसो भएपछि कसरी पुराना कुरा प्रतिगामी हुने र नयाँचाहिँ सबै अग्रगामी हुने ?

भारतको नाकाबन्दी हुँदा यसको कटु अनुभव भयो। नेपाललाई सुहाउँदो विजुलीबाट चल्ने ट्रली बसलाई सबैले बिर्सिदिए। पेट्रोलको अत्यधिक खपतले वातावरण धमिलिन पुगेको, जनस्वास्थ्यमा नकारात्मक असर परेको, नेपालका सडक ट्राफिक जामले सताइएको जस्ता अनेक समस्या हामीले निम्त्यायौँ। सो कुरा महसुस गर्दै सरकारले बिजुलीबाट चल्ने गाडीलाई केही प्रोत्साहन दिन थालेको छ। आखिर ५० वर्षअगाडि ल्याइएको प्रविधि के प्रतिगामी थियो ? हामीले दुःख पाएपछि त्यसलाई सम्झेर के हामी प्रतिगामी भयौंँ?

सन् १९५९ र १९६० मा नेपालमा भूमि सुधारको लहर चल्यो। त्यो बेला ठूलाठूला जमिनदारका हातमा सयौँ, हजारौँबिघा जग्गा थियो। सरकारले पहिले त्यसमा भारी कर लगाइदियो। त्यसपछि जग्गामा हदबन्दी लागु भयो। पहाड, हिमाल र तराईमा भिन्नभिन्न हदबन्दी तोकियो। ती सबै लागु भए। त्यो कदम के अग्रगामी थिएन ? मोहीको अधिकार सुरक्षित पारिएको थियो। जग्गा जोत्नेको हातमा पर्नुपर्छ भन्ने लक्ष्य थियो। के त्यसलाई पनि प्रतिगामी भन्ने?आज जग्गाबारे नयाँ नयाँ कानुन ल्याइएको छ र ल्याउन लागिएको छ। त्यसको मुख्य उद्देश्य सत्तासीन दलहरूका सदस्यहरूको स्वामित्वमा सो सार्वजनिक जग्गा पु¥याउने रहेको भन्ने बुझिएको छ। त्यसलाई अग्रगामी भन्ने कि प्रतिगामी ? पुरानो भूमि सुधारअन्तर्गत जग्गा सरकारको हातमा आउने गथ्र्याे। अहिलेको भूमिसम्बन्धी ऐनअन्तर्गत सरकारी जग्गा सत्ताधारी मानिसहरूका हातमा, हितमा र हकमा आउन थालेको छ। त्यसलाई अग्रगामी भनेर मान्ने कि प्रतिगामी ?

सन् १९५४ को कुरा हो। जुन वर्ष नेपालका लागि एउटा सारै ठूलो अग्रगामी निर्णय गरिएको थियो। त्यो थियो नेपाली बालबालिकालाई अनिवार्य प्राथमिक शिक्षा प्रदान गर्ने। केही वर्षको दौरानमा त्यो लक्ष्य पूरा गर्ने पनि भनिएको थियो। सो निर्णय भएको आज ६४ वर्ष भइसक्यो तर आजसम्म सो लक्ष्य पूरा भएको छैन। सरकारी तथ्यांकअनुसार नै अहिले पनि १० देखि ३० प्रतिशत बालबालिका प्राथमिक स्कुलबाट बाहिर छन्। अनिवार्य भन्नाले प्राथमिक शिक्षा प्राप्त गर्ने उमेरका नेपाली बालबालिका स्कुल बाहिर हुनु हुन्न। तर अग्रगामी भन्ने सरकारले सो पूरा गरेको छैन। प्रधानमन्त्री र केही मन्त्रीले दुई÷चारजना केटाकेटीलाई संरक्षकत्व प्रदान गरेर स्कुल भर्ना गरिदिएतर स्कुलबाहिर छुटेका बालबालिका छुटेकै छन्। पुरानो निर्णय अग्रगामी देखियो तर आजको सरकारी प्रतिबद्धता प्रतिगामी देखियो।

सन् १९५० मा राजा त्रिभुवनले जानी नजानी संविधानसभा बनाउने घोषणा गरेका थिए। त्यो ५० वर्षभन्दा पनि बढी समयमा पूरा भयो। एउटा संविधानसभाले अरबौँ रुपियाँ खाइदियो तर संविधान बनाउन सकेन। अर्को संविधानसभाले बल्ल बल्ल एउटा संविधान बनायो। त्यो पनि उँट जस्तो उबडखाबड आकारको बनायो। संविधानसभाले जति खर्च गरे पनि र जस्तोसुकै संविधान बने पनि सो कामलाई अग्रगामी भनियो। तर जसले सो संविधानसभाको पहिलो घोषणागरेका थिए उनको सम्झना पनि गरिएन। संविधानसभा बनाउनु अग्रगामी हो भने के संविधानसभा बनाउने घोषणा गर्नु प्रतिगामी थियो ? आखिर ५० वर्षअगाडि गरिएको घोषणालाई अग्रगामी मान्नु नपर्ला ?

प्रधानमन्त्री र केही मन्त्रीले दुई/चारजना केटाकेटीलाई संरक्षकत्व प्रदान गरेर स्कुल भर्ना गरिदिए तर स्कुलबाहिर छुटेका बालबालिका छुटेकै छन्। पुरानो निर्णय अग्रगामी देखियो तर आजको सरकारी प्रतिबद्धता प्रतिगामी देखियो।

सन् १८१४ देखि १८१६ सम्म नेपाल–अंग्रेज युद्ध भएपछि भारतस्थित अंग्रेज सरकारले गोर्खा भर्ती सुरु ग¥यो। त्यसलाई नेपालका लागि प्रतिगामी कदम भनेर मानियो। माओवादीहरूले सन् १९९६ मा नेपाल सरकारलाई दिइएको ज्ञापनपत्रमा सो प्रतिगामी सम्झौता तुरन्त खारेज गर्न भनियो। तात्कालीन सरकारले सो काम गर्न सकेन अथवा गरेन। तर केही वर्षपछि उही माओवादी दल सरकारमा आयो। तर उसले पनि यसबारे केही गरेन। यदि गोर्खा भर्तीको सम्झौता प्रतिगामी थियो भने अग्रगामी तŒवले त्यसलाई खारेज गर्नुपथ्र्याे। त्यसो नगर्नुको मतलब के सो प्रतिगामी सम्झौतालाई मानेको ठहरिंँदैन ? अग्रगामीहरूले मानेपछि के प्रतिगामी ठहरिएको सम्झौता पनि अग्रगामी नै हुन्छ ?

पुराना चीजहरूलाई प्रतिगामी मान्ने हो भने लिच्छवि र मल्लकालीन कला र संस्कृतिका प्रतीकहरूलाई प्रतिगामी नै भन्नुप-यो। त्यो भन्ने त कसैको साहस छैन। १५००, २००० वर्ष पुराना मठमन्दिर, मूर्ति, दरबार र संस्कृतिका परम्पराहरूलाई पर्यटन उद्योगको धरोहर मानिएको छ। अहिले त्यस प्रकारका कलाकृतिहरू बनाउने कुरा भएन। अहिलेको हाँक तिनीहरूको संरक्षण हो। नेपाल र नेपालीसित गौरव गर्ने जति पुराना निर्माण र संस्कार छन् उति आधुनिककालका छैनन्। त्यसो भएपछि कसरी पुराना कुरा प्रतिगामी हुने र नयाँचाहिँसबै अग्रगामी हुने ?







यसमा तपाईको मत

अन्य समाचार

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

रोकिएन टिकटकको क्रेज - प्रयोगकर्ता झन् बढ्ने क्रममा

टिकटकको डाउनलोड संख्या १ अर्ब ५० करोड पुगेको छ! ...

“शिवम् कृति समारोह २०७६” सम्पन्न

“शिवम् कृति समारोह २०७६” सम्पन्न

शिवम् सिमेन्टस लि.ले “शिवम् कृति समारोह २०७६” भव्यरुपमा सम्पन्न गरेको छ । ...

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टद्धारा टिभीसी प्रतियोगिता सार्वजनिक

अर्घाखाँची सिमेन्टले आइतबार टेलिभिजनको लागि कमर्सियल (विज्ञापन) को अवधारणाको प्रतियोगिता सार्वजनिक गरेको छ । ...

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका ६ बेजोड फाइदा

कलरओएस सिक्सका साथमा रेनोटू एफ नेपालमा सार्वजनिक भएसंगै उपभोक्तामा यो ओएसको क्षमता र यसबाट कसरी सर्वाधिक फाइदा लिन सकिन्छ भन्ने...

घोराही सिमेन्ट उद्योग सम्मानित

घोराही सिमेन्ट उद्योग सम्मानित

नेपालभरका विभिन्न उद्योगमध्ये सबैभन्दा धेरै मूल्य अभिबृद्धिकर बुझाएबापत घोराही सिमेन्ट उद्योग लगातार दोस्रोपल्ट सम्मानित भएको छ । ...

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

Ncell Footer Ad