coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधनबारे दलहरुबीच समझदारी बनेको छ: नेता पौडेल

महोत्तरी- कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरु संविधान संशोधनको नजिक पुगेको बताएका छन्।

‘केही विषयवमा बाहेक अन्य सवैमा सहमति भइसकेको छ’ काँग्रेस नेता पौडेलले भने ‘ हामी संविधान संशोधनको नजिक पुगिसकेका छौं।’

तराई मधेस सम्वाद अभियान अन्तर्गत सोमबार महोत्तरीको जलेश्वर आई पुगेका नेता पौडेलले संचारकर्मीहरुसंग सक्षिप्त प्रतिक्रिया दिदै सिमाङकन बाहेकका अन्य मुद्दाहरुमा सहमति भइसकेको बताए।

प्रतिनिधित्वको सवाल, राज्यसभामा जनसंख्याको अनुपातमा प्रतिनिधित्व, भाषा, आदी विषयमा सहमति भइसकेको बताउँदै उनले समस्या समाधानको लागि केही विषय मात्रै बाँकी रहेको जनाए।  

सिमाङकनको सवालमा सबैको अलग अलग धारणा र नियत रहेकोले सबैलाई सहज र सरल हुने गरी सिमाङकनको खाका बनाउने तयारीमा रहेको नेता पौडेलले बताए।

नेता पौडेलले संविधान कार्यान्वयन गर्ने हो भने एमालेलाई पनि सहमतिमा आउनुपर्ने बाध्यता रहेको बताए।

मिल्ने कुरा अहिले मिलाउने र नमिल्ने कुरा पछि मिलाउँदै जान सकिने उनले बताए।  लोकतन्त्र, गणतन्त्र, संङघीयता र समावेशीताको सवाललाई कार्यान्वयन गर्नु पर्ने मुख्य चुनौती रहेको पौडेलको भनाई छ। ।

अंगीकृत नागरिकताको सम्बन्धमा काँही र केहि पनि विवाद नरेको नेता पौडेलले बताए। 'जुन माग आएकै छैन त्यसको विषयमा विवाद खडा गर्नुको कुनै तुक छैन', उनले भने ‘ अंगीकृत नागरिकता लिनेहरुलाई माथिल्लो ठाउँमा राख्नुपर्ने वा नराख्नुपर्ने माग मधेसी मोर्चाको पनि छैन।'

 

 

प्रकाशित: ६ मंसिर २०७३ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App