८ वैशाख २०८१ शनिबार
कला

मनाइयो पुलुकिसी जात्रा

भक्तपुर - भक्तपुरका नग हर्षाेल्लाका साथ बुधबार पुलुकिसी (इन्द्रका बाहन ऐरावत हाती) जात्रा मनाएका छन्। भक्तपुरको लाकुलाछेंबाट सुरु भएको जात्रामा बाँंस र सेतो कपडाबाट बनाइएको हात्तीको आकारमा पुलुकिसी तयार गरेर नगर परिक्रमा गराइएको थियो।

लाकुलाछेंबाट पोटरी क्षेत्र, नासमना, इटाछें, दरबार क्षेत्र हुँदै बालाखु, चोछें, भोलाछें, थालाछें, सूर्यमढी हुँदै पुलुकिसीलाई दतात्रयसम्म पु¥याइएको थियो। त्यहाँंबाट पुनः इनाचो, गोल्मढी, टौमढी हुँदै लाकुलाछें ल्याएर जात्रा सम्पन्न गरिएको थियो।
पुलुकिसी नगर परिक्रमा गराउने क्रममा एक जना मानिसले घण्टा बजाएर सांकेतिक रुपमा सडक खाली गर्न आग्रह गरेका थिए। त्यसबाहेक छ्वाली बालेर पुलुकिसीको अघि लगाइएको थियो। सडकका पेटीमा बसेर दर्शकले जात्रा हेरेका थिए। भक्तपुर दरबार क्षेत्र, टौमढी र दतात्रयलगायतमा जात्रा हेर्न विशेष भीड लागेको थियो।

पुलुकिसी बनाएर जात्रा सुरु हुने स्थानीय लाकुलाछें टोलबासीका अनुसार जात्राका लागि आवश्यक तयारी स्थानीयले गरेका थिए। प्रत्येक वर्ष पुलुकिसी बनाइ नगर परिक्रमा गरेपछि आफूहरुले ती सामानलाई अर्काे वर्षका लागि स्थानीय पाटीमा जोहो गरेर राख्ने स्थानीयले सुनाए।

पुलुकिसीलाई नगर परिक्रमा गराउँदा सुँडले छुवाउन नहुने किवदन्ती रहेको छ। नगर परिक्रमा गराउने क्रममा तलातुंछी (इनार)मा पुगेपछि पुलुकिसीलाई पानी खुवाउने चलन छ। संस्कृतिविद् जननीप्रसाद मुलकाअनुसार स्वर्गका राजा इन्द्रले पृथ्वीलोकमा बन्धक बनाइएका आफ्ना छोराको खोजीमा पृथ्वीलोकमा आएर घुमेको अर्थमा यो जात्रा चलाइँदै आएको हो।

‘पारिजात फूल टिप्न पृथ्वीलोक आएका छोरालाई बन्धक बनाएपछि उसलाई खोजेर स्वर्गमा लैजान आफ्नो बाहन ऐरावत हात्तीलाई पृथ्वीमा घुम्न पठाएको किक्वंदन्ती रहेको छ,’ उनले भने। पुलुकिसी जात्रासँंगै भक्तपुरको इन्द्रजात्रा सम्पन्न भएको छ।

प्रकाशित: २ आश्विन २०७६ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App