८ वैशाख २०८१ शनिबार
राजनीति

प्रमुख तीन दलबीच संविधान संशोधनको विषयमा बैठक सुरु

बालुवाटारमा जारी प्रमुख तीन दलको बैठक। तस्बिर: दिनेश गोले

काठमाडौं- प्रमुख तीन दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ। शीर्ष नेताहरुको बैठकमा संविधान संशोधनका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जनाए।  

संसोधनको विषयलाई लिएर आजको तीन दलको बैठकलाई निर्णायक वार्ताकोरुपमा हेरिएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री कृष्णबहादुर महरा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री विमलेन्द्र नीधि र एमालेका तर्फबाट अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव कुरमार नेपाल सहभागि छन्।

यस अघि सोमबार विहान बसेको माओवादी केन्द्रको बैठकले संविधान संसोधनको विषयमा निर्णय लिने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई दिएको थियो।

बालुवाटार स्रोतका अनुसार माओवादी भाषा, नागरिकता, सीमांकन र राष्ट्रिय सभामा प्रतिनिधित्वका विषयमा संविधान संशोधनको तयारी गरिएको छ। सत्तासाझेदार कांग्रेसले कुनकुन विषयमा संशोधन आवश्यक छ भनेर प्रस्ट पारेको छैन। कांग्रेसका नेताहरूले संविधान संशोधनमा कम्तीमा मुख्य तीन दलको सहमति आवश्यक रहेको बताउँदै आएका छन् भने एमालेले संविधान संशोधनको औचित्य नदेखिएकाले कार्यान्यवयनमा जोड दिन माग गरिरहेको छ। मधेसवादी दलले कम्तीमा प्रदेश नम्बर २ र ५ को सीमांकन हेरफेरसहित भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषयमा संशोधन हुनुपर्ने माग गर्दै आएका छन्।

 

प्रकाशित: ६ मंसिर २०७३ ११:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App