दुई 'अभागी' पिताः न खुलेर हास्न सक्छन्, न धित मारेर रुन नै ! (भिडियाे)

बुधबार, ०१ असोज २०७६, २२ : ०१ नागरिक

काठमाडौं– केहि महिना अघिदेखि सञ्जिव न्यौपानेका परिवार पीडामा छन्। न्यौपानेको परिवारलाई न खाननै मन लाग्छ, न राम्रोसँग सुत्न नै मन लाग्छ। त्यसोत अर्कोतिर पैसाको खोलो पनि त्यसैत्यसै बगिरहेको छ। जिन्दगीमा खुशीको पल पर्खेर बसेका न्यौपाने दम्पतीलाई अहिले यस्तो घटनाले पिरोल्छ भन्ने सायदै सोचेका थिएनन। घरमा नयाँ सदस्य आगमनको पर्खाईमा बसेका न्यौपाने परिवारमा नयाँ सदस्य त आगमन भयो तर जीवनमरणको दोसाँधमा बच्चा जन्मियो।

बुधबार साँझ नागरिक नेटवर्क साप्ताहिक कार्यक्रम नागरिक फ्रन्टलाईनमा श्रीराम पौडेलसँग कुरा गर्दै न्यौपानेले यसरी सुनाए।

‘श्रीमतीको पेटमा बच्चा थियो। धापासीको ग्राण्डी इन्टरनेशनल अस्पतालमा रेगुलर फलोअपमा गयौं। श्रीमतीलाई थाइराइडको समस्या थियो। सबै चेकअप गराएपछि बच्चा राम्रो छ। वजन पनि राम्रो छ। डाक्टरले नर्मल बच्चा पाउन गाह्रो हुन्छ, फेरि जति ढिला भयो त्यति समस्या आउन सक्छ, बरु अहिले नै बच्चा निकालौं भन्नुभयो बच्चा जन्मिएको करिब आधा घण्टापछि चाँडो चाँडो श्वास फर्ने समस्या भयो भने।’  

‘बच्चाको सास सामान्य भएन। भेन्टिलेटरमा राखौं भने। भेन्टिलेटरमा राखिएपछि निमोनिया भयो भन्ने कुरा आयो। क्लेबसियला ब्याक्टेरियाको संक्रमण भनेर एन्टिबायोटिक दिइयो। मस्तिष्कमा गडबडी भएको भन्दै काँप्ने वा थर्थराउने थाल्यो अब ढाडको पानी चेक गर्नुपर्छ भने। बच्चाको ढाडमा सुई रोपेर पानी निकालिएपछि थाहा भयो बच्चाको मस्तिष्कमा संक्रमण भएको रहेछ। बच्चा जन्मिएको ४० औं दिन बच्चाको सबै ठीक छ भने। अब सात दिनको औषधी खानुपर्छ भने।’ 

२६ दिन एमाआरआई गर्नुपर्छ भनेका थिए तर ४० दिन लगाए। त्यतिन्जेल एनआइसियूमा राखियो। बच्चाको पाँच पटकसम्म अप्रेसन गरियो। पाचौं अप्रेसनसम्म डाक्टरहरुले केहि सोधेनन्। जस्तै अप्रपेशन गरेर काम हुन्छ कि हुँदैन भन्ने पनि सोधेनन्। डाक्टरले लापरवाही गरेको पनि स्वीर्कादैनन्।

उपचारको लागि करिब ३५ लाख खर्च भयो। इन्डियाबाट औषधी पनि ल्याएका थियौं । त्यो औषधीमा ७, ८ लाख खर्च भयो। थेरापी तीन महिना गरियो।’ 

......

त्यस्तै विष्णु पन्थिको पनि व्यथा फरक पीडा उस्तै छ। पन्थिकी श्रीमती काठमाडौंको असनस्थित त्यौड माविमा पढाउथिन्। विद्यालयका प्रधानाध्यापक सुरेन्द्र केसीले सुत्केरी बिदा दिनुको सट्टा मानसिक यातना दिएको पन्थि बताउँछन्।

चिकित्सकले आराम गर्न सिफारिस गरेको पत्र दिँदासमेत प्रअ केसीले गर्भवती शिक्षिकालाई बिदा नदिएको बताउँछन्। विदा नपाएर आराम गर्न नपाएपछि बच्चा गुमाउनु परेको पन्थिले बताए। अस्पताल जान छोडेर पन्थिकी श्रीमती विद्यालय जान थालिन। विदा दिनुको साटो उल्टै प्रअले स्पस्टिकरण सोधेको उनी बताउँछन्।

डाक्टरले पूर्ण रूपमा आराम गर्नुपर्ने सिफारिस दिँदा पनि प्रअ केसीले बिदा नदिदा आफुले शिशु गुमाउन परेको बताए।

गत चैत २४ आफूले अस्वस्थ भएको जनाउँदै प्रधानाध्यापकलाई सुत्केरी बिदाबापत पाउने सुविधा अग्रिम रूपमा कट्टा गराइदिन आग्रह गर्दै बिदाका नदिएको बताउँछन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad