८ वैशाख २०८१ शनिबार
समाज

फरार मन्सुरी पाँच वर्षपछि पक्राउ

लहान- डाँका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ।   

पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–२ का ५२ वर्षीय भोला मन्सुरी रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले डाँका मुद्दामा फरार रहेको मन्सुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।     
     
सिरहाको चन्द्र उदयपुर निवासी रहमत राई र जमाहिर मियाको जाहेरीको आधारमा जिल्ला अदालत सिरहाले २०७१ साल वैशाख ३० गते छ वर्ष कैद र एक लाख ८० हजार रुपैयाँ जरिवाना गरेको थियो।     
     
पक्राउ परेका मन्सुरीलाई जिल्ला अदालत सिरहामा बुझाउने प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए। रासस     

 

प्रकाशित: १ आश्विन २०७६ ११:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App