८ वैशाख २०८१ शनिबार
राजनीति

संविधान संशोधनका नाममा भ्रम फैलाउने काेसिसः नेता नेपाल

नेपालगन्ज– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो दल संविधान संशोधनको पक्षमा नलाग्ने बताएका छन्।

प्रेस चौतारी, बाँकेशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने– “संविधान संशोधन केका लागि ? त्यसको औचित्य पुष्टि हुनुपर्छ । राष्ट्रिय अखण्डता, मुलुकको सुरक्षा, स्वतन्त्रता र जातीय एकता बिगार्न संविधान संशोधन गर्न पाइँदैन।”

एक प्रश्नको जवाफमा नेता नेपालले संविधान संशोधनका नाममा अहिले भ्रम फैलाउन खोजिएको छ, कसैको राजनीतिक स्वार्थपूर्ति र विदेशीको इशारामा संविधान संशोधन हुनै सक्दैन भने।

उनले भने– “सबै नेपाली जनताको माग र मुलुकको आवश्यकता स्थानीयदेखि केन्द्रीय तहसम्मको निर्वाचन हो, संविधान कार्यान्वयनका लागि सबैभन्दा पहिले निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्छ।”

मुलुकले अहिले शान्ति खोजेको छ, राजनीतिक स्थिरता खोजेको छ, आर्थिक समृद्धि र विकास खोजेको छ, तसर्थ यी एजेन्डामा सबै राजनीतिक दल सहमतिमा आउनुपर्छ, उनको भनाइ थियो। रासस

प्रकाशित: ६ मंसिर २०७३ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App