coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सयपत्री फूलको व्यावसायिक खेती

झापा- झापा जिल्लाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन्। चाडपर्वमा फूलको माग बढ्ने भएपछि जिल्लाका महिलाले चाडपर्वलाई लक्षित गरेर  सामूहिक फूलको खेती गर्दै आएका हुन्।

पछिल्लो समय नेपालमा फुलको माग वृद्धि भैरहेको छ। तर, नेपाली बजारमा फुलको अधिकाशं मागलाई भारतीय फूलले पुर्ति गर्दै आएको छ। गतवर्ष देखि नै व्यावसायिक खेती गर्दै आएकी विर्तामोड तथा दमक क्षेत्रका महिलाले यसवर्ष पनि सामूहिक रुपमा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन्।

दमक–३ नवकिरण टोलमा उद्यमी महिला समूह गठन गरेर गतवर्ष देखि शुरु गरेको सयपत्री फूलको व्यवसायिक खेतीलाई यसवर्ष पनि निरन्तरता दिइएको समूहकी अध्यक्ष विष्णु खड्काले बताईन्। गतवर्ष सात कठ्ठामा सयपत्री फूल लगाएका महिलाले यसवर्ष पनि सोही जमीनमा खेती गरिएको उनले बताइन्।

उनका अनुसार गत वर्षको भन्दा केही अघिनै यसवर्ष सयपत्री फूल रोपिएको छ। प्रति माला एक सय रुपौयासम्ममा विक्रि हुने गरेको मालाको बजार दमक मै हुनेको उनले बताइन्। गतवर्ष पनि सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्यै आम्दानी भएपछि यसवर्ष पनि समूहले यो खेती लगाएको अध्यक्ष खड्का बताईन्।

‘फूलखेती व्यावसायिक बनाउन सके प्रशस्त आम्दानी लिन सकिने रहेछ’ अध्यक्ष खड्काले भनिन्, ‘घरायसी काम भ्याएर दैनिक ११ जनाले रोजगारी पाएका छन्।’

यस्तै विर्तामोडमा समेत महिलाले व्यावसायिक फूलखेती गर्दै आएका छन् । उद्यमी गोमा भट्टराईले बिर्तामोड–४ मा करीब डेढ बिगहा जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गर्दै आएकी छिन्। उनले फूलखेती सम्बन्धी तालीम लिएरै फूलखेती गरेकि हुन्। ‘यस वर्षको तिहारसम्ममा पाँच लाखको फूलको माला बिक्री गरिने लक्ष्य राखेका छौ’ उनले भनिन्।

चाडपर्वका समयमा झापामा मात्रै करीब तीन करोड रुपैयाँ मूल्य बराबरको फूल भारतबाट आयात हुने गरेको अनुमान फूल व्यवसायीको छ । भारतीय बजारले प्रभाव जमाएको सीमावर्ती झापामा फूलको बजार भए पनि मागलाई स्थानीय फूलको उत्पादनले मात्र धान्न अझै कठिन भएको उद्यमीहरुको भनाइ छ । रासस

प्रकाशित: १ आश्विन २०७६ ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App