८ वैशाख २०८१ शनिबार
राजनीति

स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै

काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव आज अमेरिका जाँदैछन्।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुन मन्त्री यादव ३ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै आज अपराह्न अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए। 

उक्त बैठकले सदस्य राष्ट्रहरुमा स्वास्थ्यको सर्वव्यापी पहुँच सुनिश्चित गर्नका लागि राजनीतिक तथा आर्थिक प्रतिबद्धता वृद्धि गर्ने तथा स्वास्थ्यमा दिगो लगानी सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App