coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

वडा कार्यालयमा आगजनी गर्ने प्रयास

बाजुरा - खप्तड छेडेदह गाउँपालिका १ नम्वर वडा कार्यालयमा आगजनी गर्ने प्रयास गरिएको छ । भदौ ३१ गते राती १२ बजेतिर वडा कार्यालयमा डिजेल छर्केर आगजनी गर्ने प्रयास गरिएको वडा अध्यक्ष वीरबहादुर रावलले बताएका छन् । राती पानी परिरहेको बेला सबै सुतिसकेपछि अज्ञात समूह आएर आगजनी प्रयास गरिएको अध्यक्ष रावलको भनाई छ ।

पलाष्टिकमा डिजेर छर्केर आगो लगानी प्रयास गर्दै गर्दा नजिकैका व्यापारीले जानकारी पाएपछि प्रयास असफल भएको वडा अध्यक्ष महावीर रावलले बताएका छन् । आगो लगाउने पलाष्टिकको पोकामा डिजेर छर्केर आगो लगाउनका लागि झ्याल फोड्दै गरेको आवाज आएपछि स्थानीयले जानकारी पाएका छन् । उनीहरु उठेर वडा कार्यालयमा के भईरहेछ, भन्ने हल्ला चलेपछि उनीहरु भागेको बुझीएको छ ।

झ्याल फुटाउने बाहेक अन्य कुनै पनि क्षति नभएको वडा कार्यालयले बताएको छ । कुनै कागज पत्रहरुमा केही क्षति भएको छैन्, झ्याल मात्र तोडफोड गरेका छ, अध्यक्ष रावलले बताएका छन् । गाउँपालिकाको १ नम्बर वडा अछामसँगै जोेडिएको छ ।

घटनाको अनुसन्धानका लागि प्रहरी टोली डोगडीबाट काँडा गएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । बझाग, अछाम र खप्तडसँग र नजिक भएकोले बिप्लप समूहले प्रयास गरेको अनुमान गरिएको छ । तर अनुसन्धान पछि मात्र त्यस बारे थाह हुने प्रहरीले बताएको छ । वडा कार्यालयमा आगजनी प्रयास भएपछि गाउँपालिकाले अन्य वडाको पनि सुरक्षा सतर्कतामा चासो देखाएको छ । सरकारी संरचनामा आगजनी प्रयास गरिएको बाजुरामा यो पहिलो घटना हो ।

प्रकाशित: १ आश्विन २०७६ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App