coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति पुन र चिनियाँ राजदूत युबीच भेट

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका नवनियुक्त राजदूत यु होङले शिष्टाचार भेट गरेकी छन्।  सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग चिनियाँ राजदूत यु होङले शिष्टाचार भेट वार्ता गरेकी हुन्।  

भेटमा उपराष्ट्रपतिले नेपाल र चीन घनिष्ठ छिमेकी राष्ट्र भएको बताए। उनले नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६१ वर्षमात्रै पुगेको भए पनि दुई देशबीचको मित्रता सम्बन्ध शताब्दीऔँ पूरानो भएको उल्लेख गरे। उनले मञ्जुश्री, भृकुटी, अरनिको, ह्वेन साङ तथा फा स्यानलगायत अन्य ऐतिहासिक विभूतिहरुले सुरु गरेका दुई देशबीचको सम्बन्ध अहिले नङ र मासुको सम्बन्धको रुपमा विकसित भएको बताए।

उपराष्ट्रपतिले नेपाल सधै एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए। नेपाली भूमिमा चीन विरुद्ध कुनै पनि गतिविधि हुन नदिने नेपाल सरकारको नीति रहेको उल्लेख गर्नुहुँदै नेपालका सबै राजनीतिक पार्टीका शिर्ष नेताहरु एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको बताए। उनले चीन विरोधी गतिविधि रोक्न नेपालले जस्तो सुकै कदम चाल्ने बताए।

उपराष्ट्रपतिसँगको भेटमा नवनियुक्त चीनका राजदूत होङले नेपाल चीनको घनिष्ठ छिमेकी देश रहेको बताइन्। उनले चीन सरकार र चीनका जनताले नेपाललाई सधै उच्च महत्व दिने गरेको बताइन्। राजदूत होङले चीन र नेपाल रणनीतिक साझेदारीका साथ अगाडि बढ्नुपर्ने बताइन्। उनले चीनले दक्षिण एशियाली मुलूकसँग सहकार्यलाई बढाईरहेको उल्लेख गरिन्।

भेटमा राजदूत होङले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धता कार्यन्वयन गरिरहेकोमा धन्यवाद दिइन्। उनले ब्रिक्स सम्मेलनको क्रममा चीनका राष्ट्रपति सि जिन पिङ र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीचको भेटमा राष्ट्रपति सीले अनुकुल समय मिलाएर नेपालको भ्रमण गर्ने बताउनुभएको उल्लेख गर्दै आफूले जतिसक्दो चाँडो भ्रमण गराउन प्रयास गर्ने बताइन्।

 

प्रकाशित: ६ मंसिर २०७३ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App