अरुण नदीमा जीप खस्यो, ६ जना बेपत्ता

बुधबार, ०१ असोज २०७६, ०८ : ३५ मेघराज तामाङ

संखुवासभा - संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १०ः१५ बजे को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना भएको घटनास्थल पुगेका अर्का गाडी चालक प्रेम तामाङले जानकारी दिए ।

तामाङका अनुसार गाडी चालक सन्तोष वि.क. चालक सहित ६ जना बेपत्ता भएका हुन् । बिरामीको खाँदबारीमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको हो ।

रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुनसकेको छ्रैन । अरुण खोलामा बाढी आएका कारण उनीहरुको खोजीमा समेत समस्या भएको छ । गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ ।

डिएस्पी मिम बहादुर लामाका अनुसार विवरण आइनसकेकोले गाडीमा सवार कति रहेको भन्न नसकिने बताए । बिरामी बोकेको गाडी भएको हुनाले उनका आफन्तहरु घटना स्थल तर्फ जाँदै गरेको हुनाले पहिचान खुल्न सक्ने लामाले बताए । भरखरै प्रहरी प्रमुख मिम बहादुर लामा, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेनाका प्रमुखहरुको टोली घटना स्थल तर्फ गएका छन् ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad