१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिल काटेर बिक्री केन्द्र उद्घाटन

फलफूल तथा तरकारी खरिद गरेर बिक्री केन्द्र उद्घाटन गर्दै। तस्बिर : शिखरजंग श्रेष्ठ/नागरिक

सोलुखुम्बु – बागवानी केन्द्र फाप्लुको बिक्री केन्द्र उद्घाटनमा नयाँ तरिका अपनाइएको छ। सामान्यतया नयाँ कामको उद्घाटन रिबन काटेर गर्ने परिपाटी रहे पनि बागबानी केन्द्रले बिल काटेर बिक्री केन्द्रको उद्घाटन गरेको छ।

बागबानीको स्रोत केन्द्रको रुपमा विकसित केन्द्रमा उत्पादित तरकारी तथा फलफूल बेचबिखनका लागि निर्माण गरिएको बिक्री केन्द्र प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’ले फलफूल र तरकारी किनेको बिल काटेर उद्घाटन गरेका छन्।

करिब १७ हेक्टरमा फैलिएको बागबानी केन्द्रको प्रवेशद्वारमा बिक्री केन्द्रसँगै खाजाघर पनि सञ्चालनमा ल्याइएको छ। केन्द्र भएर ओहोरदोहोर गर्ने सर्वसाधारण तथा ताजा तरकारी सरकारी मूल्यमा खरिद गर्न चाहनेले बागबानी केन्द्रभित्र प्रवेश गर्ने नपर्ने गरी प्रवेशद्वारमा बिक्री केन्द्र स्थापना गरिएको वरिष्ठ बागबानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले बताए। राजस्व संकलनको लक्ष्य वृद्धिका लागि प्रतिनिधितथा प्रदेश सांसदहरुलाई बिल कटाएर उद्घाटन गरिएको उनले बताए।

गत आर्थिक वर्ष २०७५/०७६ मा करिब नौ लाख राजस्व संकलन गरेको बागबानी केन्द्रको यो नै अहिलेसम्मकै बढी राजस्व हो। उद्घाटन कार्यक्रममा प्रदेश सांसदद्वय उत्तमकुमार राजभण्डारी र बुद्धिकुमार राजभण्डारी तथा जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक वीरकुमार राईले स्याउ, काउली, बन्दा, काक्रा, भेन्टा, खुसार्नी, मुला, आलुसहित मोटर र मूलाको बिउबिजन खरिद गरेका छन्। कार्यक्रमका अन्य सहभागीले पनि ताजा तरकारी आवश्यकता अनुसार खरिद गरेका छन्।

प्रकाशित: १ आश्विन २०७६ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App