८ वैशाख २०८१ शनिबार
राजनीति

उपनिर्वाचनका लागि मंगलबारसम्म १९ दल दर्ता

काठमाडौं - आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा भाग लिन १९ राजनीतिक दल दर्ता भएका छन्। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकिकरण भएका, नाम प

रिवर्तन भएका दललाई उपनिर्वाचनका लागि आयोगले आह्वान गरेबमोजिम सोमबार १४ दल दर्ता भएकामा मंगलबार ५ दल थपिएसँगै दर्ता दलको संख्या १९ पुगेको हो। आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन २०७४ मा दर्ता हुन छुटेका र एकिकरण भएका, नाम परिवर्तन भएका दललाई उपनिर्वाचनका दर्ताका लागि मंगलबारसम्मको समय तोकेको थियो।

आयोगका अनुसार मंगलबार दर्ता भएका दलमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली कांग्रेस बिपी, ग्रिन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल छन्।

यसअघि सोमबारसम्म सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), समाजवादी पार्टी, मंगल नेसनल अर्गनाइजेसन, मुस्कार सेना नेपाल पार्टी, साझा पार्टी, परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक, नेपालवाद पार्टी, नेकपा पुष्पलाल पार्टी, राष्ट्रिय नागरिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त, जनमत पार्टी र नेपाल लोकतान्त्रिक पार्टी दर्ता भएका थिए।

आयोगले २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य वा स्थानीय तह सदस्यको निर्वाचन प्रयोजनका लागि दर्ता नभएका राजनीतिक दल, एकिकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दल र निर्वाचनपछि आयोगमा दर्ता हुन आएका दललाई भदौ मंगलबारसम्म दर्ताका लागि आह्वान गरेको थियो। जसअनुसार उपनिर्वाचनमा भाग लिनका लागि आयोगले भदौ ३१ गतेसम्मको समयसीमा तोकेको थियो।

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिन ९२ दल आयोगमा दर्ता भएका थिए भने स्थानीय तहको निर्वाचनमा भाग लिन ८० दल आयोगमा दर्ता भएका थिए।

आगामी मंसिर १४ गते विभिन्न कारणले पद रिक्त भएका प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहअन्र्तगतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ४, नगरपालिका प्रमुख १, र वडाध्यक्ष ४२ गरी ५१ पदको उपनिर्वाचन हुदैछ। आयोगले उपनिर्वाचनमा भाग लिन पाउने ३७ जिल्लाका १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको जनाएको छ।

प्रकाशित: १ आश्विन २०७६ ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App