७ वैशाख २०८१ शुक्रबार
समाज

फरार प्रतिवादी पक्राउ

भक्तपुर – कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट कैद सजाय तोकी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा भक्तपुर अदालतबाट २०७४ फागुन २९ गते फैसला भई दुई वर्ष कैद सजाय तोकिई फरार रहेका भक्तपुर नगरपालिका–१४ घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने २० वर्षीय किशोर दुवाललाई पक्राउ गरेको हो ।

दुवाललाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए । उनलाई सोमबार नै जिल्ला अदालत भक्तपुरमा पेस गरी डिल्लीबजार कारागार चलान गरिएको जनाइएको छ ।

प्रकाशित: १ आश्विन २०७६ ०२:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App