८ वैशाख २०८१ शनिबार
समाज

राजमार्ग बन्यो जलमग्न

भक्तपुर - सोमबार र मंगलबारको वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको जगाती खण्ड जलमग्न भएको छ। राजमार्गको आदर्श बसस्टपदेखि जगाती बसस्टपसम्मको दुई÷तीन सय मिटरभन्दा बढी क्षेत्र जलमग्न बनेको हो।

राजमार्गको उत्तरतिर पहाडी भिरालो भूभाग रहेकाले वर्षा भयो कि त्यतातिरको सबै पानी राजमार्ग क्षेत्रमा बगेर आउने हुँदा केही घण्टाको वर्षा हुनासाथ यो क्षेत्र जलमग्न हुँदै हुने गरेको छ।राजमार्गमै जम्मा भएको पानीले कालोपत्रे पुरै छोपिने गरेको छ। निकासको अभावमा यसअघि नै राजमार्ग छेउको फोहोर पानी जमिराखेको ढलमा वर्षाको पानी थपिँदा राजमार्ग खण्ड डुब्ने गरेको हो।

दैनिक हजारौं सवारीसाधन चलिरहने राजमार्गको सो खण्ड जलमग्न हुँंदा आवतजावतमा समस्या मात्र होइन, मोटरसाइकल चालक र पैदलयात्रीले सास्ती भोग्नुपरेको छ। पानीका कारण सडक नदेखिने हुँदा सवारीजामको समस्याले पनि यातायात प्रभावित हुने गरेको छ। राजमार्ग पानीमा डुब्दा बटुवाको आवागमन प्रायः बनेको छ। वर्षाका कारण भक्तपुर इँटा तथा टायल उद्योग प्रालिको प्रवेशद्वारनजिकै हुने जामले जनजीवन प्रभाावित हुँदै आएको छ।

स्थानीय सत्यराम त्वायनाका अनुसार पानी पर्न थाल्यो कि राजमार्ग खण्ड कालोपत्रे नदेखिने गरी जलमार्गमा परिणत हुन्छ। उनका अनुसार यो ठाउँमा राजमार्ग डुबानको समस्या हुने गरेको पनि पाँच–सात वर्ष भइसक्यो। निकास खुलाउन आफूहरू धेरैपटक सरकारी कार्यालयहरूमा धाएको तर सफल हुन नसकेको उनले सुनाए। पहिला यहाँ निकास थियो। तर पछि निकासबाट पानी नभई दुर्गन्धित ढलको पानी आयो भन्दै स्थानीयले निकास नै बन्द गरिदिएका थिए।

प्रकाशित: १ आश्विन २०७६ ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App